कांग्रेस नुवाकोटमा पुन : केसी र महतबिचको विवाद शुरु


पुस ५ गते शनिबारको कार्यक्रमले छलफल, सहकार्य र सहमतिका साथ बरिष्ठ उपाध्यक्षमा गोविन्द गिरीलाई चयन गरिएको छ भने शनिबार नै छलफल, सहकार्य र सहमतिका साथ चुनिनुभएका गिरीबाट बिना छलफल शिर्ष नेताहरुको सहमति विपरीत समाजिक सञ्जालमार्फत आफुलाई बरिष्ठ उपाध्यक्षमा राखिएको प्रति असहमतिपत्र आएको छ । असहमति पत्र मार्फत गिरीले कार्यकर्ताको भावना र सुझाव समितिको राय विपरित भएको निर्यण फिर्ता नलिए आम कार्यकर्ताको भावना अनुशार सुर्यगढी गाँउपालिका काठमाडौ सम्पर्क समिति गठन गर्ने उल्लेख गरिएको छ ।
संघ र प्रदेशको निर्बाचनमा लजास्पद हार ब्योहर्न परेपछि काठमाडाकै पार्टि प्यालेस, खाजाघर, चियापसलतिर बसेर गठन गर्दै आएको सम्पर्क समितिमा परेका सदस्य तथा अन्य कार्यकर्ताहरुले सामाजिक सञ्जाल मार्फत बिरोध जनाएका छन् ।
धेरै बर्ष लामो मनमुटाव पछि जोडिएका अर्जुन नरसिंह केसी र डाक्टर रामशरण महतको दुरी फेरी टाढा हुनपुगेपछि नेताहरुले आआफ्नै पोल्टा र भान्छा नजिकका कार्यकर्ताहरुलाई पक्षपोषण गर्न थालेको आरोप कार्यकर्ताको रहेको छ ।
प्रतिक्रिया