नुवाकोटको मुन्थलामा आइचर दुर्घटना,दुई जनाको मृत्यु
नुवाकोट । आइतबार विहान नुवाकोटको विदुर नगरपालिका–६ स्थित मुलथलामा मिनिट्रक (आइचर) दुर्घटना हुदा दुई जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा मुन्थला चैनपुर सडक खण्डमा काम गर्ने कामदारहरु रहेका छन् । बा २ क ७९१० नं.को आइचर दुर्घटना हुदा रसवाको नौकुण्ड गाउँपालिका–३ का सुदिप तामाङ र खोटाङ घर भएका अनिल तामाङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ । यस्तै दुर्घटना हुदा ६ जना घाइते भएका छन् ।
घाइतेहरुमा जाजरकोट स्यालाका बिमल सुनार, जाजरकोट भेरीका टंकराज सुनार, हेमराज ठकुरी, तिलक खत्री, नुवाकोट बिदुर नगरपालिका– ६ मुलथलाका सचितकुमार रिमाल रहेका छन् । आइचर चालक नुवाकोट ककनी गाउँपालिका–१ का गणेश बलामी समेत घाइते भएका छन् ।
घाइतेहरुलाई जिल्ला अस्पताल त्रिशुलीबाट थप उपचारको लागि काठमाडौँ पठाइएको प्रहरी कार्यालय नुवाकोटका प्रहरी नायव उपरिक्षक राजेश थापाले बताउनुभएको छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













स्वर्गीय नन्द कुमारीको स्मृतिमा भूमेदेवीलाई सहयोग
बागमती प्रदेशको बजेट खर्च निराशाजनक
शेरा दरबारको हडपिएको १६४ रोपनी जग्गा फिर्ता गराउन खोज्दा धम्की
नुवाकोटमा यू–१४ फुटबल प्रतियोगिता सुरु हुँदै
बट्टारबाट लागुऔषध सहित २ जना पक्राउ





प्रतिक्रिया