माझिटारको बौदिक अपाङ्गलाई न्यानो कपडा वितरण

विदुर खबर २०७६ पुष ५ गते ९:२५

माझिटार । विदुर नगरपालिका वडा नम्बर ४ बट्टारमा रहेको न्यु सानुमी टेलरिङ एण्ड ट्रेनिङ सेन्टरकी संचालिका शान्ति प्रधान र लक्ष्मी प्रधानले आफ्ना स्वगिय मातापिताको सम्झनामा विदुर नगरपालिका वडा नम्बर ५ माझिटारमा रहेको बौदिक अपाङ्गता हेरचाह केन्द्रमा न्यानो कपडा वितरण गरेका छन ।

Advertisement

पिता शेरबहादुर प्रधान र माता दलकुमारी प्रधानको सम्झनामा केन्द्रलाई न्यानो कपडा वितरण गरिएको न्यु सानुमी टेलरिङ एण्ड ट्रेनिङ सेन्टरकी संचालिका शान्ति प्रधानले जानकारी दिइन ।

केन्द्रलाई सिरक र तकिया वितरण गरिएको प्रधानले बताइन । समाजमा रहेका अन्य व्यत्तिहरुलई पनि प्रेरणा मिलोस भन्ने अभिप्रायले केन्द्रलाई सहयोग गरेको लक्ष्मी प्रधानलले बताइन ।

Advertisement

प्रतिक्रिया