नुवाकोटका सडकहरु सुरक्षित छैनन : सरोकारवाला

विदुर खबर २०७६ पुष ४ गते १९:१३

नुवाकोट । नुवाकोटका सडकहरु सुरक्षित नभएको सरोकारवालाहरुले बताएका छन ।

Advertisement

शुक्रवार नुवाकोटको सदरमुकाम विदुरमा आयोजित सवारी दुर्घटना न्युनीकरण सम्बन्धि अन्तरक्रिया कार्यक्रममा बोल्दै सरोकारवालाहरुले नुवाकोटका सबै सडकहरु सुरक्षित नभएको भन्दै ढुक्क भएर यात्रा गर्न सकिने अवस्था नरहेको बताएका हुन् । कार्यक्रममा सडक डिभिजन कार्यालय नुवाकोटका प्रमुख निरज शाक्यले नुवाकोटमा भएका सबै सडकहरु गाडी गुडाउनको लागि उपयुत्त नभएको बताए । उनले मालवाहक गाडीले यात्रु ओसार्दा बढी मात्रामा नुवाकोटमा सडक दुर्घटना बढेको बताए ।

कार्यक्रममा जिल्ला प्रहरी कार्यालय नुवाकोटका डिएसपी राजेश थापाले  सडक दुर्घटनाको परिचय दिदै नुवाकोट जिल्लाको त्रीबर्षिय तथा नेपालको पछिल्लो पाँच बर्षको सवारी दुर्घटना तथ्याङ्क प्रस्तुत गर्दै नुवाकोट जिल्लामा सडक दुर्घटना न्युनिकरण गर्न जिल्ला प्रहरी कार्यालय नुवाकोट र जिल्ला ट्रफिक प्रहरी कार्यालय नुवाकोटले हालसम्म गरेका कार्यहरु तथा अगामी दिनहरुको लागी तयार पारेको कार्ययोजना बारे जानकारी गराएका थिए । कार्यक्रममा विभिन्न सरोकारवाला निकायहरुको उपस्थिति रहेको थियो ।

Advertisement

 

प्रतिक्रिया