नुवाकोटको पन्ध्र स्थानमा निःशुल्क आँखा शिविर सञ्चालन गरिने

विदुर खबर २०७६ पुष १ गते ११:२३

विदुर । जिल्ला सामुदायिक आँखा केन्द्र विदुर नुवाकोटले नेपाल रेडक्रस सोसाइटी नुवाकोट शाखा र तिलगंगा आँखा प्रतिष्ठान, गौशाला–काठमाडौंसँगको सहकार्यमा नुवाकोटको बिभिन्न १५ स्थानमा आँखा शिबिर सञ्चालन सुरु गर्न लागेको छ ।

Advertisement

नुवाकोटका सबै नागरिकलाई गाउँघरमै पुगेर सेवा पु-याउने उद्देष्यले जिल्लाको १५ स्थानमा शिबिर सञ्चालन गर्न लागिएको जिल्ला सामुदायिक आँखा केन्द्र विदुरका ईन्चार्ज शंकर अधिकारीले जानकारी दिनुभयो ।उहाँको अनुसार नुवाकोट जिल्लालाई न्यून दृष्टि भएका तथा आँखाको बिरामी मुक्त बनाउने लक्ष्यको साथ उनीहरुलाई सहज रुपमा सेवा पु्राउन बस्ती–बस्तीमै बृहत्त शिविर सञ्चालन गर्न लागिएको हो ।

मंगलबारदेखि सञ्चालन हुने शिबिर अन्तर्गत पहिलो दिन दुप्चेश्वर गाउपालिकाको वडा नं. ६ समुन्द्रटार स्वास्थ्यचौकीको सहकार्यमा समुन्द्रटार स्वास्थ्य चौकिको भवनमा आँखा जाँच शिबिर सञ्चालन गरिने जिल्ला सामुदायिक आँखा केन्द्र विदुर इञ्चार्ज अधिकारीले जानकारी दिनुभयो । केन्द्रले आँखाका बिरामीहरुलाई विभिन्न स्थानमा गरिने शिविर मध्ये आफुलाई पायक पर्ने शिविर संचालन भएको स्थानमा सम्पर्क गरेर निःशुल्क रुपमा उपचार गराउन आब्हान गरेको छ । यस्तै, मोतियाबिन्दु भएका बिरामीको लागी यहि पौष २५ र २६ गते  नुवाकोट आदर्श बहुमुखि क्याम्पसमा सञ्चालन हुने शिबिरमा निःशुल्क शल्यक्रिया गरिने केन्द्रले जनाएको छ ।

Advertisement

मंगलबारदेखि समुन्द्रटारबाट सुरु हुने शिबिर क्रमशः २ गते बुधबार महादेवफाँट, पौष ५ गते शनिबार बुङताङ, पौष ८ गते मंगलबार लच्याङ, पौष १० गते, बिहिबार सामरी, पौष ११ गते शुक्रबार ढिकुरे, पौष १२ गते शनिबार काहुले, पौष १४ गते, सोमबार खरानीटार, पौष १६ गते, बुधबार गाउँखर्क,  पौष १७ गते, बिहिबार बेतिनी, पौष १८ गते, शुक्रबार राउतवेशी, पौष २० गते आइतबार घ्याङफेदी, पौष २१ गते सोमबार शिखरवेशी, पौष २२ गते मंगलबार बालकुमारी हुदैँ पुस २५ र २६ मा बट्टारमा शिविर र मोतियाबिन्दुको शल्यक्रिया सहितको सेवा सञ्चालन गरिने केन्द्रले जनाएको छ ।

प्रतिक्रिया