नुवाकोट दरबारको पुर्ननिर्माणमा चिनियाँ पक्षबाट ढिलाई

नुवाकोट । भूकम्प गएको चार वर्ष वर्षपछि पुरातात्विक सम्पदा साततले दरबारको पुनर्निर्माण सुरु गर्ने जनाएको चीनले जस्ता पाताले छोपेर पानी पस्नबाट जोगाएपछि पुनः कामम फर्कन ढिलाई गरेको छ ।
बर्खाको समयमा दरबारको चारैतिरबाट फलामे डन्डी कँसेर जस्ताले दरबारको संरक्षण गरेको चिनियाँ पक्षले त्यसपछि कार्यक्षेत्रबाट गएपछि फर्कन ढिलाई गरेको हो ।
नुवाकोट दरबार क्षेत्रमा चीन सरकारको सहायतामा पहिलो चरणको परियोजनाले दरबार पुनर्निर्माण गएको असरादेखि नै सुरु गरेको भएपनि एक महिनाको अवधिमा संरक्षण पश्चात अहिले काममा नआएको ‘स्मारक संरक्षण तथा दरबार हेरचाह कार्यालय’का प्रमुख अर्जुन फुयाँलले बताउनुभयो । उहाँको अनुसार चिनियाँ टोली फागुन लागेपछि मात्र कार्यक्षेत्रमा फर्कने जानकारी दिएको छ ।
चार हिउँद र बर्खाले दरबारको पश्चिम मोहडाको छैटौं तलाबाट छानो झरेपछि ४५ महिनाभित्रै कार्य सम्पन्न गर्ने भनेर जेठ महिनामा आएको चिनियाँ पक्षले मर्मतको लागी संरक्षण गरेपनि त्यसपछि काम अघि बढाउन चासो नदिदाँ पुर्ननिर्माणमा जगाएको आशा निराश बनाएको छ । अहिले दरबारलाई फलामे टेको लगाइएर अड्याइएको र मर्मतको लागी चिनियाँ पक्षले उनीहरुको नयाँ वर्ष सम्पन्न गरेर मात्र फर्कने सूचना दिएको कार्यालय प्रमुख फुँयालको भनाई छ ।
दरबारको भत्किएका ठाउँमा प्राविधिकले चिनो लगाउने र जोखिमयुक्त ठाउँमा टेको दिने कार्य गरेर गएको थिए । साततले दरबारको रेक्ट्रोफिटिङ गरी पुनर्निर्माण गर्ने चिनियाँ पक्षले जनाएको छ ।
पूर्वराजा पृथ्वीनारायण शाहले नुवाकोट बिजयी गरेपश्चात ललितपुरबाट कालिगढ झिकाएर दरबार बनाउन लगाउनुभएको थियो ।
प्रतिक्रिया