पञ्चकन्या गाउँपालिकामा कर्मचारी अभाव
विदुर खबर
२०७६ पुष १ गते १०:५८
नुवाकोट । नुवाकोटको पञ्चकन्या गाउँपालिकामा कर्मचारी अभावका कारण कार्यसम्पादनमा समस्या देखिएको छ । गाउँपालिकामा २९ जनाको दरबन्दी भए पनि सातजना मात्र कार्यरत छन् ।
‘पर्याप्त कर्मचारी नहुँदा काम गर्न कठिनाइ भइरहेको छ,’ गाउँपालिका अध्यक्ष तेजबहादुर तामाङले भने, ‘बढीजसो प्राविधिक कर्मचारीको अभाव छ ।’ यहाँ आएका स्थायी कर्मचारी सरुवा मिलाएर सुगममा जाने गरेका छन् । स्थानीय प्रशासन र जिल्ला समन्वय समितिमा गुनासो गरे पनि दरबन्दीअनुसार नपठाइएको अध्यक्ष तामाङले बताए ।
शिक्षा क्षेत्र हेर्ने विद्यालय निरीक्षक र स्रोतव्यक्ति छैनन् भने माविमा अध्यापन गराउने शिक्षकको अभाव छ । गाउँपालिकाले प्राथमिक तह अध्यापन गराउने शिक्षकबाट माविका विद्यार्थीलाई पढाउने कार्य गराइरहेको छ । ‘स्वयंसेवक शिक्षक भनेर तलबभत्ता दिनेगरी व्यवस्थापन मिलाएका छौं,’ अध्यक्ष तामाङले भने । शिक्षक सेवा आयोगबाट सातजना आउने भए पनि अझै शिक्षक अपुग हुने उनले बताए । गाउँपालिकामा नौवटा मावि छन् ।
यहाँ कृषि क्षेत्रमा कुनै समस्या आए प्राविधिक ज्ञान भएका विशेषज्ञ छैनन् । खानेपानीको इष्टिमेट गर्ने प्राविधिक छैनन् । ‘खानेपानीको अत्यधिक माग छ,’ अध्यक्ष तामाङले भने, ‘प्राविधिक नहुँदा खानेपानीको काम गर्न सकिएको छैन ।’
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना











विदुर १३ वडा कार्यालय नयाँ भवनबाट सञ्चालनमा
रसुवागढी जलविद्युत् आयोजनाको विद्युत् उत्पादन बन्द
नवीकरण नगर्ने ४४ निर्माण कम्पनीको इजाजतपत्र स्वतः खारेज
कतारका पूर्व अमिर अल थानीको निधन
माइतीघरमा सुकुम्बासीहरूको प्रदर्शन जारी





प्रतिक्रिया