अवैध रुपमा काठ बेचेका बेलकोटगढीका वडाअध्यक्ष सिलवाल फरार
नुवाकोट । अवैध रुपमा सालको काठ बेचको आरोपमा जिल्ला वन कार्यालयले जिल्ला प्रहरी कार्यालय नुवाकोटलाई पक्राउ पूर्जी जारी गरेपछि नुवाकोटको बेलकोटगढी नगरपालिका वडा नम्बर १२ का वडाअध्यक्ष डिल्लीराम सिलवाल फरार भएका छन ।
नुवाकोट जिल्ला अदालतले अनुसन्धानका लागि नियन्त्रणमा लिन आईतबार पक्राउ पूर्जी दिएसँगै नुवाकोट प्रहरीले वडाअध्यक्ष सिलवाललाई प्रहरीले खोजी रहेको छ । नुवाकोट प्रहरीले वडाअध्यक्ष सिलवाललाई खोजे पनि वडाअध्यक्ष सिलवाल भने फरार रहेको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ । जिल्ला प्रहरी कार्यालय नुवाकोटका डिएसपी तथा सुचना अधिकारी राजेश थापाले वनको पत्र पाएपछि आफुहरु वडाअध्यक्ष सिलवालको खोजीमा लोगपनि वडाअध्यक्ष सिलवाल फेला नपरेको बताए । जिल्ला अदालतले आईतबार डिभिजन वन कार्यालयको हिरासतमा रहेका आईचर चालकहरु बेलकोटगढी नगरपालिका वडा नं. १२ का ४२ वर्षिय प्रविण श्रेष्ठ र सोही स्थानका २६ वर्षिय वसन्त कुमार श्रेष्ठलाई दोस्रो पटक पाँच दिनको म्याद थप गरी अनुसन्धानको दायरामा आएका वडा अध्यक्ष सिलवालसहित ३ जनालाई पक्राउ अनुमति दिएको थियो ।
यसअघि मंगलबार जिल्ला प्रहरी कार्यालय नुवाकोटले बा. ३ क. १४५२ र बा. ४ ख. ९४०७ नम्वरको दुईवटा आईचर मिनिट्रकमा एकसय ३० दशमलव ४० घनफिट बराबरको २५ गोलिया साल र ६ दशमलव ७७ घनफिट असना नामको ३ गोलिया काठ नियन्त्रणमा लिई डिभिजन वन कार्यालय नुवाकोटमा बुझाएको थियो ।
प्रतिबन्धित सालको काठ अधिकार नहुँदा नहुँदै लिलाम गरेको बेलकोटगढी नगरपालिकाको वडा नम्वर १२ ले काठ लिलाम बापतको रकममा समेत हिनामिना गरेको पाईएको छ । काठ लिलाम सकार्ने बिदुर नगरपालिका वडा नम्वर ५ का किसन चित्रकारसंग तीनलाख ७६ हजार बुझेर भरपाई समेत गरेपनि नगदी रसिदमा भने दुईलाख १७ हजार मात्र बुझेको उल्लेख गरेको छ । यस संबन्धमा जिज्ञासा राख्दा वडा अध्यक्ष सिलवालले सडक निर्माणका क्रममा लडेपडेका रुखहरुको ब्यवस्थापनमा भएको खर्च उक्त रकमबाट ब्यहोरिएको बताएका छन् । तर नगर कार्यपालिकाको राजश्व खातामा जम्मा हुनुपर्ने रकम यसरी आफूखुशी खर्च गरिनु भ्रष्टाचारजन्य काम भएको नगरपालिका सम्बद्ध स्रोतले बताएको छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












पूर्वअर्थमन्त्री महत सहित ५५ जना विरुद्ध मुद्दा दायर
रसुवागढी जलविद्युत मर्मतपछि आंशिक सञ्चालनमा
मगर संघ नुवाकोटको नयाँ कार्यसमिति चयन
धादिङको धुनिबेँसी सवारी दुर्घटना हुँदा ३५ जना घाइते
दुप्चेश्वरमा लाखौं भक्तजन पुगे





प्रतिक्रिया