तुप्चेमा मोटरसाईकल दुर्घटना एकको मृत्यु

विदुर खबर २०७६ मंसिर २५ गते १९:४०

नुवाकोट । नुवाकोटको विदुर नगरपालिका वडा नम्बर ७ मा मोटरसाईकल दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ भने एक जना घाईते भएका छन ।

Advertisement

मृत्यु हुनेमा विदुर नगरपालिका वडा नम्बर ७ का सुजन रिजाल रहेको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ । उनी कुलपुजाको लागि शोलेबजार जाने क्रममा मोटरसाईकल दुर्घटना भएको स्थानिय विनोद पौडेलले बताए । रिजालको जिल्ला अस्पताल त्रिशुली लैजाने क्रममा मृत्यु भएको हो ।

त्यस्तै मोटरसाईकल पछाडी बसेका रक्की नेपाल घाईते भएका छन । उनको जिल्ला अस्पताल त्रिशुलीमा उपचार भइरहेको छ । मोटरसाईकल सडकबाट करिब १० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।

Advertisement

प्रतिक्रिया