बेलकोटगढीका वडाअध्यक्ष सिलवाललाई पक्रन प्रहरीलाई वनको पत्राचार

विदुर खबर २०७६ मंसिर २४ गते १२:००

नुवाकोट । अवैध रुपमा सालको काठ बेचेका बेलकोटगढी नगरपालिका वडा नम्बर १२ का वडाअध्यक्ष डिल्लीराम सिलवाललाई नियन्त्रणमा लिन वन कार्यालय नुवाकोटले जिल्ला प्रहरी कार्यालय नुवाकोटलाई पत्र पठाएको छ ।

Advertisement

जिल्ला वन कार्यालयले सोमबार वडाअध्यक्ष सिलवाललाई पक्राउ गर्न जिल्ला प्रहरी कार्यालय नुवाकोटलाई पत्राचार गरेको अनुसन्धान अधिकृत मधुकर न्यौपानेले जानकारी दिए । जिल्ला अदालत नुवाकोटले घटनाको विषयमा म्याद थपेर अनुुसन्धान गर्न आदेश दिएपछि जिल्ला वन कार्यालयले वडाअध्यक्ष सिलवाललाई पक्रन प्रहरीलाई भनेको हो ।

पुर्व नेकपा एमालेबाट निर्वाचित भएका वडाअध्यक्ष सिलवालले स्थानिय सरकार संचालन ऐनको खिल्ली उडाउँदै अवैधभएको सालको काठ विना प्रक्रिया बचेका थिए ।

Advertisement

घटनाको विष्तृत जानकारी केहि समयमा विदुर खबरमा ।

प्रतिक्रिया