काठ तस्करीमा संलग्न वडाअध्यक्ष छुटाउन नुवाकोटका जनप्रतिनिधि सक्रिए

विदुर खबर २०७६ मंसिर २२ गते २१:४१

नुवाकोट । काठ तस्करीमा संल्ग्न भएका नुवाकोटकोटको बेलकोटगढी नगरपालिका वडा नम्बर १२ का वडाअध्यक्ष डिल्लीराम सिलवाललाई छुटाउन नुवाकोटका जनप्रतिनिधिहरु सक्रिए भएका छन ।

Advertisement

गत साता बेलकोटगढी नगरपालिका वडा नम्बर १० बाट सदरमुकाम विदुरतर्फ ल्याउैदै गरेको काठ प्रहरीले समात्दा सो घटनामा बेलकोटगढी नगरपालिकाका वडाअध्यक्ष शिलवाल संलग्न रहेको पाइएको थियो । उनलाई छुटाउन नेकपाका प्रतिनिधिसभाका सांसददेखि नगरपालिकाका मेयरहरु समेत लागि परेका छन ।

वडाअध्यक्ष सिलवालले सामुदायिक वनको सालको काठ गैरकानूनी रुपमा आफ्नो अधिकार क्षेत्रभन्दा विपरित सामुदायिक वन उपभोक्ता समितिलाई समेत थाहा नदिई नियम मिचेर ओसारपसारको सिफरिस गरिदिएपछि विवादमा तानिएका छन । उनले गरेको कर्तुत लुकाउन नेकपाकी नेत्रृ बिन्दा ढुङगाना, विदुर नगरपालिकाका मेयर सञ्जु पण्डित, पुर्व मेयर ठाकुर गजुरेल लगातयतका नेकपा नेता तथा कार्यकर्ताले आईतबार डिभिजन वन कार्यालय पुगेर मुद्धा फिर्ता लिन दबाव दिएका थिए ।
तर सो विषयको मुद्धा जिल्ला अदालत नुवाकोटमा दर्ता भइसकेको र अदालतले नै निर्णय गर्न सक्ने भन्दै वनका कर्मचारीले बताएपछि उनीहरु हिस्स परेका थिए । प

Advertisement

क्राउ परेकाहरुलाई जिल्ला अदालत नुवाकोटबाट आईतबार द्रोस्रोपटक ५ दिन म्याद गरेर अनुसन्धान थालिएको छ । पक्राउ परेकाहरुलाई वन ऐन अनुसार कारवाही हुने बताइएको छ ।

प्रतिक्रिया