नेकपा नुवाकोटको कार्यविभाजन, संयोजकमा उप्रेती र रेग्मी चयन

विदुर खबर २०७६ मंसिर १३ गते १९:१८

नुवाकोट । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नुवाकोटले निर्वाचन क्षेत्र, प्रदेश निर्वाचन क्षेत्र र स्थानीय तहको कमिटीको नेतृत्व टुंगो लगाएको छ ।

Advertisement

शुक्रवार नेकपाको पार्टी कार्यालयमा बसेको नेपाल कम्युनिष्ट पार्टी नेकपाका ३ नम्बर प्रदेश इन्चार्ज महेन्द्रबहादुर पाण्डे, नुवाकोट जिल्ला अध्यक्ष हिरानाथ खतिवडा, सचिव नारायणनप्रसाद खतिवडा, सदस्यहरु बद्री मैनाली, धर्मराज अधिकारी, बुद्धिबहादुर प्रधान,विष्णु लोहनी,कल्पना रिमाल लगायतको बैठकले नर्वाचन क्षेत्र, प्रदेश निर्वाचन क्षेत्र र स्थानीय तहको कमिटीको नेतृत्व टुंगो लगाएको हो ।

जसअनुसार निर्वाचन क्षेत्र नम्बर १ को जिम्मा पदम उप्रेतीलाई दिइएको छ भने क्षेत्र नम्बर २ को जिम्मा राजकुमार रेग्मीले पाएका छन । निर्वाचन क्षेत्र नम्बर १ को (क) को संयोजकमा बलराम आचार्य, सचिवमा राजन श्रेष्ठ, प्रदेश १ को (ख) को संयोजकमा सुवास तामाङ र सचिवमा जितबहादुर घलेले जिम्मा पाएका छन ।
यस्तै निर्वाचन क्षेत्र नम्बर २ को प्रदेश सभा २ को (क) को संयोजकमा नविन पुडासैनी, सचिवमा माधव पाण्डे, प्रदेश सभा २ को (ख)को संयोजकमा गणेश श्रेष्ठ र सचिवमा सुवास तामाङले जिम्मेवारी पाएका छन ।

Advertisement

यता स्थानीय तहतर्फ विदुर नगरपालिकाको इचार्जमा रामचन्द्र पौडेल, बेलकोटगढी नगरपालिकाको इन्चार्जमा सुदर्शन नेपाल, शिवपुरी गाउँपालिकाको इन्चार्जमा विरबहादुर तामाङ, पञ्चकन्या गाउँपालिकाको इन्चार्जमा अर्जुन कार्की,सूर्यगढी गाउँपालिकाको इन्चार्जमा इमानसिंह तामाङ, ककनी गाउँपालिकाको इन्चार्जमा जितबहादुर बलामी, लिखु गाउँपालिकाको इन्चार्जमा धर्मराज अधिकारी,तादी गाउँपालिकाको इन्चार्जमा प्रमोदलाल श्रेष्ठलाई जिम्मेवारी दिइएको छ ।

यस्तै दुप्चेश्वर गाउँपालिकाको इन्चार्जमा लालबहादुर तामाङ, तार्केश्वर गाउँपालिकाको इन्चार्जमा राजेन्द्र न्यौपाने,म्यागगङ गाउँपालिकाको इन्चार्जमा मेघनाथ तामाङ, र किस्पाङ गाउँपालिकाको इन्चार्जमा अर्जुन न्यौपानेले जिम्मेवारी पाएका छन ।

Advertisement

प्रतिक्रिया