प्रहरी चौकी कुमरीको नवनिर्मीत भवन उद्घाटन

विदुर खबर २०७६ मंसिर ३ गते २१:१४

विदुर । प्रहरी चौकी कुमरी नुवाकोटको नवनिर्मीत भवनको मंगलबार प्रदेश नम्बर ३ प्रहरी कार्यालय हेटौंडाका प्रमुख प्रहरी नायव महानिरीक्षक शेर बहादुर बस्नेतले उद्घाटन गरेका छन ।

Advertisement

भवनको उद्घाटन गदै प्रहरी नायव महानिरीक्षक बस्नेतले भवन निर्माणसँगै प्रहरीको सेवा झन चुस्त हुने विश्वास गरे । त्यस्तै बेलकोेटगढी नगरपालिकाका मेयर राजेन्द्ररमण खनालले भुकम्पले ध्वस्त भएको भवनको निर्माणसँगै प्रहरीले दिने सेवा समेत विस्तार हुने आशा व्यक्त गरे । रााष्ट्रिय पुन निर्माण प्राधिकरणको सहयोगमा निर्माण भएको भवनको लागत एक करोड २० लाख ६८ हजार ६ सय ५ रुपैयाँ रहेको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।

भवन उद्घाटन कार्यक्रममा संघिय प्रहरी ईकाई कार्यालय काभ्रेका प्रमुख प्रहरी बरिष्ठ उपरीक्षक भोजजंग शाह, जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रमुख प्रहरी उपरीक्षक अबि नारायण काफ्ले, बेलकोटगढी नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत शिवप्रसाद लम्साल, बेलकोटगढी नपा वडा न. २,३ र १३ तथा ककनी गा.पा.वडा नं.३ का वडा अध्यक्षहरु लगायतको उपस्थिति रहेको थियो ।

Advertisement

प्रतिक्रिया