हेरचार गर्ने आमा नै विरामी भएपछि धादिङका तीन बच्चा बिचल्लीमा
धादिङ । ओछ्यानमा थला परेको एक वर्ष भयो । तिन वर्षदेखि प्यारालाइृसिस भएपछि नीलकण्ठ नगरपालिका –१२ आँगेटारीका ३३ वर्षीया लक्ष्मी थापा मगर दिसापिसाव एकै ठाउँमा भएको छ । उनका श्रीमान यमबहादुरले उपचारका लागि घरखे सके तर उपचार भएन ।
लक्ष्मीको स्याहार ७ वर्षीया सोममायाँ थापामगर, १० वर्षीय काजी थापामगर र १२ वर्षीया करिना थापामगरले गर्दै आएका छन् ।बिहान उठेपछि ओछ्यान परेकी आमालाई गिलो भात बनाएर खुवाउने र आमाले सुरुवालमा गरेको दिसापिसाव धोइदिने गर्छन् । लक्ष्मीको तिन वर्षदेखि प्यारालाईसिस भएर शरिर नचल्ने भएपछि बोल्न समेत नसक्ने अवस्थामा रहेको र परिवारको सबै बोझ करिनाको काँधमा आएको साङकोष माविका शिक्षक रामप्रसाद लामीछानेले बताए ।
उनिहरका बाबु ३१ वर्षीया यमबहादुर थापामगरले ०७६ कात्तिक २० गते घरसंगैको रुखमा पासो लगाएर आत्महत्या गरे । तिन बालबालिकाका बाबु यमबहादुररले ज्यालामजदुरी गरेर परिवार पालिरहेका थिए । पत्निको उपचारका घर खेत बेचे तर उपचार भएन पत्नि बोल्न नसक्ने अवस्थामा एउटै थलामा परेपछि यमबहादुरले जिवनदेखि हार खाएर गरिवीका कारण मृत्यु भएको अर्का शिक्षक युवराज रिजालले बताए । यमबहादुरले बाच्ने आशा देखेनन् । बच्चा तिनजनालाई कसरी हुर्काउने भन्ने चिन्ता थपियो । डिप्रेसनको औषधी खाइरहेका यमबहादुरउपचार अभावमा र गरिवीले गर्दा मर्न बाध्य भए ।
स्वास्थ्य र खाद्य अधिकार मौलिकहकमा व्यवस्था गरेर सरकारले गरिवीका कारण उपचार अभावमा कोही मर्नु पर्दैन भनेपनि यो परिवारलाई भने मौलिक हकले छुन पनि सकेन ।साङकोस माविको कक्षा ३ मा सोममायाँ, कक्षा ५ मा काजी र कक्षा ७ मा करिना अध्यायनरत तिन बालबालिका बाबुको मृत्युपछि भने भोकभोकै विद्यालय जान थालेका छन् । विद्यालयले उनिहरुलाई खानेकुरा किन्ने व्यवस्थाका लागि रकम संकलन गरेको शिक्षक रामप्रसादको भनाइ छ ।
घरमा खानेकुरा सकिएपछि उनिहरु थोरै खोले आमालाई खुवाएर तिन विद्यार्थी भोकै विद्यालय गएको शिक्षकहरुले थाहापाएपछि विद्यालयमा ०७६ कात्तिक २६ गते चन्दा संकलन गरेर चामल किनिदिन लागएिको छ । जिल्लामा बालबालिकाका लागि काम गर्ने थुप्रै संस्थाहरु भएपनि उनिहरुका लागि पुग्न सकेको छैन । स्थानीय तहको सरकार नीलकण्ठ नगरपालिका १२ नम्बर वडाअध्यक्ष बाबुराम लम्सालले जनजाती शिर्षकको केही रकम सहयोग गर्न आफूले नगरपालिकामा कुरा गरेको बताए ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












नुवाकोटमा स्क्यान सम्बन्धि अभिमुखिकरण कार्यक्रम सम्पन्न
कांग्रेस संसदीय दलको नेता चयन प्रक्रिया स्थगित
प्रदेशलाई संघ सरकारबाट अड्चनै अड्चन
नुवाकोट, रसुवा धादिङका बस अब बसपार्कबाट मात्रै छुट्ने
नुवाकोटको बुद्धभुमी हाइड्रोपावरको हकप्रद शेयरमा आवेदन दिने अवधि थपियाे





प्रतिक्रिया