महरामाथिको अनुसन्धान प्रतिवदेन प्रहरीले सरकारी वकिललाई थमायो

विदुर खबर २०७६ कार्तिक ८ गते १९:४४

काठमाडौं- बलात्कार प्रयासको आरोप लागेका पूर्वसभामुख कृष्णबहादुर महरामाथिको अनुसन्धान प्रतिवदेन प्रहरीले सरकारी वकिललको कार्यालयमा बुझाएको छ।

Advertisement

२० दिन लगाएर तयार पारेको सुझावसहितको उक्त अनुसन्धान प्रतिवेदन महानगरीय प्रहरी परिसर काठमाडौंले शुक्रबार सरकारी वकिलको कार्यालयलाई बुझाएको हो। प्रहरी प्रतिवेदनको थप अध्ययन गरेर सरकारी वकिल कार्यालयलयले महराविरुद्ध मुद्दा चलाउने वा नचलाउने टुंगोमा पुग्ने छ।

बिहीबारमात्रै महरामाथि अनुसन्धानका लागि प्रहरीले काठमाडौं जिल्ला अदालतबाट थप ७ दिनको समय पाएको थियो। संसद सचिवालयकी एक कर्मचारीमाथि बलात्कार प्रयासको आरोप लागेका उनी केही हप्तायता प्रहरीको अनुसन्धानमा छन्।१८ दिनदेखि प्रहरी थुनामा रहेका महरारालाई बालात्कार प्रयासको अरोप लगाउँदै ती कर्मचारीले प्रहरीमा उजुरी दिएपछि १९ असोजमा उनलाई  प्रहरीले पक्राउ गरेको थियो।

Advertisement

प्रतिक्रिया