‘माननीय’हरु पक्राउको सन्देश : कानुनी शासन पालनाको सुरुवात
नुवाकोट । ०६४ चैत २७ गते रौतहटमा भएको हत्याकाण्डमा संलग्न रहेको आरोपमा मोहमद अफताब आलमलाई प्रहरीले १२ वर्षपछि पक्राउ गरेको छ । आलम रौतहट क्षेत्र नम्वर २ बाट नेपाली कांग्रेसका सांसद थिए ।
हत्या आरोपमा पक्राउ परेसँगै आलम संसदबाट निलम्बित भइसकेका छन् । पहिलो संविधानसभा चुनावको एक दिनअघि रौतहटको फरहदवामा भएको हत्याकाण्डमा १४ जनाको ज्यान गएको थियो ।
आइतबार रौतहटबाटै पक्राउ परेका आलमलाई थप ७ दिन थुनामा राखेर अनुसन्धान गर्न प्रहरीले अदालतबाट समय लिइसकेको छ ।
महिला कर्मचारीलाई दुर्व्यवहार गरेको आरोपमा पक्राउ परेका निर्वतमान सभामुख कृष्णबहादुर महरा अहिले प्रहरी हिरासतमा छन् । उनलाई थप तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न जिल्ला अदालत काठमाण्डौले मंगलबार प्रहरीलाई अनुमति दिएको छ । संसद सचिवालयमा नै काम गर्ने महिला कर्मचारीलाई यौन दुर्व्यवहार गरेको आरोप लागेपछि महरालाई दशैँको बेला गएको १९ गते प्रहरीले सरकारी निवासबाटै पक्राउ गरेको थियो ।
उनीमाथिको आरोपका बारेमा प्रहरीले अहिले छानबिन गरिरहेको छ । यौन दुर्व्यवहारको आरोप लागेपछि सभामुख पदबाट महराले राजीनामा दिइसकेका छन् भने पक्राउ परेसँगै सांसद पद पनि निलम्बन भएको छ ।
यस्तै मंगलबार मात्रै अर्का सांसद प्रमोद साहलाई पनि प्रहरीले पक्राउ गरेको छ । राजपाका सांसद साहलाई जनकपुर विमानस्थलमा रहेको बुद्ध एअरको काउण्टर तोडफोड गरेको आरोपमा प्रहरीले काठमाण्डौबाट पक्राउ गरेको हो । उनलाई प्रहरीले हिरासतमा राखेर थप अनुसन्धान गरिरहेको छ ।
यसरी पछिल्लो दुई सातामा विभिन्न आरोपमा तीन सांसद प्रहरी हिरासतमा पुगेका छन् ।यसअघि कर्तव्य ज्यान मुद्धामा रेशम चौधरी र कूटनीतिक राहदानी दुरुपयोग गरेको मुद्धामा नारदमुनि राना पूर्पक्षका लागि थुनामा छन् । त्यस्तै निलम्बित सभाषद तथा पूर्व राज्यमन्त्री सञ्जय साह जनकपुर बम काण्डका दाेषी ठहरिएसँगै जेलमा सजाय काटिरहेका छन् । त्यस्तै नेकपाका सांसद पार्वत गुरुङविरुद्ध बुधबार ज्यान मार्ने उद्याेगमा काठमाण्डाै जिल्ला अदालतले पक्राउ पूर्जी जारी गरेकाे छ ।
सभामुख जस्तो उच्च पदमा रहेका र पटक–पटक मन्त्री तथा सांसद बनेका व्यक्ति पक्राउ पर्नुले कानुन सबैलाई बराबरी हुन्छ भन्ने देखाएको छ । अपराध गर्ने जोकोहीले पनि उन्मुक्ति पाउन सक्दैन भन्ने सन्देश पछिल्लो घटनाक्रमले दिएको राजनीतिक विश्लेषक पुरञ्जन आचार्य बताउनुहुन्छ ।
विगतमा पहुँचकै भरमा उन्मुक्ति पाउँदै आएकाहरु धमाधम पक्राउ पर्न थाल्नुले हामीले ल्याएको व्यवस्थाले सबैलाई बराबर व्यवहार गर्दो रहेछ भन्ने विश्वास पैदा हुन थालेको उहाँको भनाइ छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













आज क्रिसमस डे मनाइँदै, सार्वजनिक बिदा
नुवाकोटको सूर्यकुण्ड हाईड्रोको आईपीओ खुल्यो
चिलिमे हाइड्रोपावरको बम्पर लाभान्स घोषणा
नेपाल टेलिकमले ३० प्रतिशत लाभान्स दिने
निरञ्जना मन्दिरमा देवीको वहान प्रतिस्थापना





प्रतिक्रिया