नुवाकोटमा नेकपाका वडाअध्यक्षका छोराले चोरे मोटरसाईकल
नुवाकोट । नुवाकोटको बेलकोटगढी नगरपालिका वडा नम्बर ४ का नेकपाका वडाअध्यक्ष चन्द्रबहादुर लामा (जनम)का छोरा बाईक चोरेको आरोपमा मंगलबार पक्राउ परेका छन ।
पक्राउ पर्नेमा वडाअध्यक्ष लामाका छोरा टेकबहादुर लामा रहेको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ । टेकबहादुरसँगै अन्य तीन जना पनि पक्राउ परेका छन । उनीहरुलाई विदुर नगरपालिका वडा नम्बर ६ बाट पक्राउ गरिएको हो । नुवाकोटमा पछिल्लो समय व्यापक रुपमा मोटरसाईकल चोरी हुने गरेको गुनासो गरेपछि नुवाकोट प्रहरीले चेँकजाँचमा कडाई शुरु गरेसँगै चोरीका मोटरसाईकल समातिन थालेका हुन । यसै क्रममा पछिल्लो ३ दिनमा मात्र मोटरसाइकल चोरीमा संलग्न ६ जनालाई गरिएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।
त्यस्तै पक्राउ पर्ने अन्यमा आकाश तामाङ, सुनिल गोले, सेत बहादुर तामाङ रहेका छन् । त्यस्तै विक्रम आचार्य र सितल केसीलाई भने विदुर नगरपालिका–६ बाट पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ । अध्यक्षका छोरा टेकबहादुरले बा–७३–प ४८५८ नम्बर प्लेटको चोरीको मोटर साईकल प्रयोग गरेको प्रहरीले जनाएको छ । त्यस्तै अन्यले प्रयोग गरेका बा–९९–प १७२८, बा–८०–प २१०१ र बा–७०–प ५७४८ नम्बरका मोटर साईकलहरु पनि नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।उनीहरुमाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रहरी नायव उपरिक्षक राजेश थापाले जानकारी दिए ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













स्वर्गीय नन्द कुमारीको स्मृतिमा भूमेदेवीलाई सहयोग
बागमती प्रदेशको बजेट खर्च निराशाजनक
शेरा दरबारको हडपिएको १६४ रोपनी जग्गा फिर्ता गराउन खोज्दा धम्की
नुवाकोटमा यू–१४ फुटबल प्रतियोगिता सुरु हुँदै
बट्टारबाट लागुऔषध सहित २ जना पक्राउ





प्रतिक्रिया