नुवाकोटमा सवारी चेँकजाँचमा कडाई, साढे २ लाख राजस्व संकलन
विदुर खबर
२०७६ असोज २७ गते २०:४२

नुवाकोट । नुवाकोट प्रहरीले सवारी चेकजाँचमा कडाई गर्न थालेको छ ।
जिल्ला प्रहरी कार्यालय नुवाकोट र जिल्ला ट्राफिक प्रहरी कार्यालय नुवाकोटको संयुक्त चेकजाँचको क्रममा सोमबार मात्रै ८४ ओटा सवारीसाधनलाई कारवाही गरि ७० हजार ररुपैयाँ राजस्व संकलन भएको जिल्ला ट्राफिक कार्यालय नुवाकोटका प्रमुख विकल भट्टराईले विदुर खबरलाई बताए ।
जिल्लाको बिभिन्न स्थानहरुमा खटिई सवारी चेकजाँच गर्ने क्रममा ट्रफिक नियम बिपरित कार्य गर्ने ७६ सवारीसाधन ,सिट क्षामता भन्दा बढी यात्रु राखी यात्रा गराउने ४ ओटा यात्रुवाहक वस र ४ ओटा आईचरलाई पछाडी यात्रु राखी यात्रा गराईएकोमा कारवाही गरिएको भट्टराईले बताए ।
यस अघि आईतबार र सोमबार गरि जिल्ला ट्राफिक प्रहरी कार्यालय नुवाकोटले २ सय सवारीसाधनलाई कारवाही गरि झण्डै दुई लाख राजस्व संकलन गरेको थियो ।
सम्बन्धित
प्रतिक्रिया