महराले बयान,रोशनीसँग पारिवारिक सम्बन्ध

विदुर खबर २०७६ असोज २४ गते १८:०६

नुवाकोट । निवर्तमान सभामुख कृष्णबहादुर महराले आफ्नो प्रारम्भिक बयानमा संघीय संसदकी कर्मचारी रोशनी शाहीसँग आफ्नो पारिवारिक सम्बन्ध रहेको बताएका छन्।

Advertisement

सरकारी वकिलको कार्यालय स्रोतका अनुसार महराले घटना घटेको भनेको दिन आफू रोशनीको कोठामा पुगे पनि बाहिर भनिए जस्तो आफूले जवरजस्ती करणीको प्रयास नगरेको बताएका छन्। ‘पारिवारिक सम्बन्धका आधारमा आफ्नो आउजाउ रहेको कुरा उहाँले बताउनुभएको छ’, स्रोतले भन्यो, ‘ तर बयान सकिएको छैन। बयान पुरा भएपछि सोही अनुसार मुद्दा अगाडि बढाइनेछ।’

बलात्कार प्रयास गरेको आरोपमा आइतबार पक्राउ परेका महरालाई बयानका लागि बिहीबार सरकारी वकिलको कार्यालयमा उपस्थिति गराइएको थियो।  सरकारी वकिल कार्यालयको रोहवरमा प्रहरीले महराको बयान लिएको हो।

Advertisement

प्रतिक्रिया