सेक्स काण्डमा मुछिएपछि सभामुख महराद्धारा राजीनामा
नुवाकोट । संसद सचिवालयकै महिला कर्मचारीलाई बलात्कार गरेको सेक्स काण्डमा मुछिएपछि प्रतिनिधिसभाका सभामुख कृष्ण बहादुर महराले राजीनामा दिएका छन ।
गत आइतबार राती संसद सचिवालयकै महिला कर्मचारीलाई बलात्कार गरेको आरोप महरा माथि लागेको छ। बलात्कारको खबर सनसनीपूर्ण भएपछि नेकपाको आज बिहान आकस्मिक बसेको सचिवालय बैठकले सभामुखलाई सभामुख र सांसद दुबै पदबाट राजीनामा दिई अनुसन्धानमा सहयोग गर्न सुझाव दिएको थियो।
घटनालाई कपोलकल्पित बताउँदै आएका सभामुख त्यसपछि राजीनामा दिन बाध्य भएका थिए। महराले पत्रमा लेखेका छन्, हिजोदेखि विभिन्न सञ्चार माध्यममा मेरो चरित्रमा गम्भिर प्रश्न उठाई लगाईएको आरोपबारे सत्य तथ्य, निष्पक्ष र स्वतन्त्र छानविनका लागि अनुसन्धान गर्न सहज होस् भनी नैतिकताका आधारमा आजकै मितिदेखि छानबिन प्रक्रिया नसकिँदा सम्मका लागि राजीनामा दिएको छु।
पत्रमा उल्लेखित छानबिन प्रक्रिया नसकिँदा सम्मका लागि भन्ने वाक्यांशलाई लिएर प्रश्न गर्न थालिएको छ। सम्माननीय पदमा रहेर बलात्कारको आरोप लाग्ने महरा पहिलो व्यक्ति हुन्।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना














बिदुर ५ का बाढी प्रभावितहरुलाई रेडक्रसको नगद सहयोग
नुवाकाेटमा बाढीले बगाएका ‘लकर’का धनी खोज्दै प्रहरी
नेपाली कांग्रेस नुवाकोट क्षेत्र नं २ प्रदेश “क” सचिव रिजाल संस्थापनइतर पक्षमा खुले
विस्थापित परिवारलाई ५० हजार राहत दिने तारकेश्वर गाउँपालिकाको निर्णय, वडाको सिफारिससहित सम्पर्क गर्न आग्रह
नुवाकोट,रसुवा र धादिङका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना





प्रतिक्रिया