राजधानी तोक्ने विषयमा प्रदेश नम्बर ३ अलमलमा, नुवाकोटको संभावना कति ?

विदुर खबर २०७६ असोज ८ गते १७:३५

नुवाकोट । प्रदेशको नाम र स्थायी राजधानी तोक्ने अधिकार प्रदेशसभालाई छ ।

Advertisement

प्रक्रियागत रुपमा प्रदेशसभामा सरकारले पेश गरेको प्रस्तावलाई प्रदेशसभाले निर्णय गरी नाम र स्थायी राजधानी टुङ्गो लगाउने हो । त्यसैअनुसार तीनवटा प्रदेश गण्डकी, कर्णाली र सुदूरपश्चिमले नाम र राजधानी टुङ्गो लगाइसकेका छन् ।

देशकै राजधानी रहेको प्रदेश तीनमा पनि नाम र राजधानी टुंगो लागेको छैन । मकवानपुरको हेटौंडा अस्थायी मुकाम हो । राजधानीका लागि काभ्रेको बनेपा पनि बेला बेला चर्चामा सुनिन्छ । गएको आइतबारदेखि बस्दै आएको प्रदेशसभा बैठकको विशेष र शून्य समयमा सांसदले नाम र राजधानीबारे प्रश्न उठाएका छन् । तर बिहीबार प्रदेशसभा सदस्यहरुले राखेका प्रश्नको जवाफ दिने क्रममा मुख्यमन्त्री डोरमणि पौडेलले राजधानी र नामबारे बोल्नुभएन । प्रदेश तीनमा नेकपाको दुई तिहाइ छ ।

Advertisement

प्रदेश तीनमा पनि नाम र राजधानी छिटो टुंग्याउन प्रधानमन्त्री तथा नेकपा अध्यक्ष ओलीको निर्देशन छ । त्यसैअनुसार प्रदेश राजधानी हेटौँडा नै तोक्न सक्ने सम्भावना छ । तर स्थायी राजधानी सहित प्रदेश तीनको नाममा भने अझै बहस चलिरहेको छ । बाग्मती, काष्ठमण्डप, नेपाल मण्डल लगायतका नाम प्रस्ताव भएका छन् । प्रदेश ३ मा नेकपा नै निर्णायक छ । नेकपाका ८१ सांसद छन् । कांगे्रस सहित अरु दलका २९ सांसद छन् । दुई तिहाइबाट नाम र राजधानी तोक्न ७४ सांसदको समर्थन आवश्यक पर्छ ।

प्रतिक्रिया