नुवाकोटमा ६ जना डेङ्गुका बिरामी भेटिए, सावधानी अपनाउन आग्रह

विदुर खबर २०७६ भदौ २७ गते १८:३३

नुवाकोट । नुवाकोटमा डेङ्गुका ६ बिरामी भेटिएका छन ।

Advertisement

शुक्रबार विदुर नगरपालिकामा आयोजित पत्रकारसँग अन्तरक्रिया कार्यक्रममा जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख सागर घिमिरेले नुवाकोटको विभिन्न स्थानमा गरि ६ जना डेङ्गुका विरामी भेटिएको जानकारी दिए । घिमिरेले विदुर नगरपालिका वडा नम्बर ४ मा एक जना, वडा नम्बर ५ मा दुई जना र बेलकोटगढी नगरपालिकाको विभिन्न वडामा ३ जना गरि ६ जना डेङ्गुका विरामी भेटिएको बताए ।

पत्रकार सम्मेलनमा विदुर नगरपालिकाका प्रमुख सञ्जु पण्डितले नगरपालिका क्षेत्रभित्र डेङ्गुका विरामी भेटिने बित्तिकै बिहिबारदेखिनै नै जनचेतनमुलक कार्यक्रमका साथै सरसफाईलाई अभियानको संचालन गरेको बताए । उनले विरामी देखिएका क्षेत्रमा आफ्नो स्वास्थ्यकर्मी पठाउने र सके घरमै गएर संकाशस्पद ब्यक्तीको परिक्षण गर्न किटको समेत ब्यवस्था गर्न लागेको जानकारी दिए ।

Advertisement

त्यस्तै पत्रकार सम्मेलनमा जिल्ला अस्पताल त्रिशुलीका डाक्टर जयराम पाण्डेले एडिस जातको लामखुट्टेको टोकाईबाट डेङ्गु रोग लाग्ने भन्दै त्यसबाट बालबालिका र वृद्धवृद्धा प्रभावित हुने भन्दै सचेत रहनुपर्ने बताए । उनले लामखुट्टेको अण्डाबाट बढी मात्रामा डेङ्गु सर्ने जाकनारी दिए । कार्यक्रममा जिल्ला स्वास्थ्य कार्यालयका राममणि घिमिरेले विदुर नगरपालिका र स्वास्थ्य कार्यालयको समन्वयमा डेङ्गुको नियन्त्रणको लागि अभियान थालिएको बताए ।
प्रदेश नम्बर ३ को सामाजिक विकास मन्त्रालयले डेंगु नियन्त्रण गर्न प्रदेशका सम्पूर्ण नागरिकलाई ‘खोज र नष्ट’ अभियानमा सहभागी हुन आह्वान गरेसँगै नुवाकोटमा प्रत्येक शनिबार बिहान ७ बजेदेखि ८ बजेसम्म आफ्नो क्षेत्रमा सामूहिक रूपमा सरसफाइ गर्ने, डेंगुका लार्भा खोज र नष्ट गर्ने अभियान चलाउने निर्णय गरिएको छ ।

प्रतिक्रिया