सम्बन्धित निकायले चासो नदिँदा देविघाटमा रहेको पृथ्वीनारायण शाहको शालिक अलपत्र

केही महिनाअघि तरबार चोरी भएपछि नक्कली तरबार राख्दै स्थानिय ।
नुवाकोट । विदुर नगरपालिका वडा नम्बर ५ देवीघाटमा रहेको पृथ्वी नारायण शाहको शालिक सम्बन्धित निकायको वेवास्ताको कारण अलपत्र परेको छ ।
नुवाकोटको ऐतिहासि धरातलको रुपमा प्रख्यात भएको यो स्मारक पृथ्वी स्मारक संरक्षण समिति र विदुर नगरपालिकाबिच क्षेत्राधिकारकको विवादले इतिहास नै मेटिने अवस्थामा पुगेको छ । पुरातत्व विभागले हेरचाह गरिरहेको सो शालिक जर्णि बन्दा स्थानियबासी निराश भएका छन । सो स्मारकको जिम्मा अहिले पुरातत्व विभागले गरिरहे पनि त्यसको हेरचारको जिम्मा स्थानिय तहलाई दिने तयारी भएको छ । पृथ्वी स्मारक संरक्षण समिति र विदुर नगरपालिकाबिच अधिकार क्षेत्रको विषयमा अन्यौलता बढ्नाले समेत शालिकको अवस्था दयनिय बन्दै गएको छ । शालिक संरक्षणको लागि अन्यौलता बढ्दा शालिक रहेको क्षेत्र अस्तव्यस्त भएको स्थानियबासीले बताएका छन ।
शालिक संरक्षणको लागि नगरपालिका र वडासँग बारम्बार सहयोग माग्न गएपनि सहयोग नपाएको पृथ्वी स्मारक संरक्षण समितिका अध्यक्ष गोविन्दलाल चित्रकारले बताए । शालिक परिषरको संरक्षण र सुरक्षाको लागि छलफल गर्न जाँदा नगरपालिकाले बारम्बार गुरु योजना बनाएर काम गर्ने बताउने गरेको तर काम अझै शुरु हुन नसकेको समितिका अध्यक्ष चित्रकारले बताए । यसअघि संरक्षण र राम्रो सँग शालिक रहेको परिषरको राम्रो हेरचाह नहुँदा ‘बालाचतुर्दशी मेलामा शालिकमा रहेको तरबार चोरी भएको थियो । तर विदुर नगरपालिका वडा नम्बर ५ का वडाअध्यक्ष शिव चित्रकारले शालिकको सुरक्षा र संरक्षण गर्न तयार रहेको बताए । उनले पुरातत्व विभागले त्यसको संरक्षणको जिम्मा आफुहरुलाई छिट्टै दिने बताउँदै शालिक संरक्षण र प्रर्वदनको लागि गुरु योजना तयार गरेर अगाडी बढ्न लागेको बताए ।
स्मारकमा हेरालु काम गर्दै आएका रामेश्वर नेपालले शालिक रहेको क्षेत्र सुरक्षित नरहेको भन्दै सम्बन्धित निकायले यसलाई तारवार लगाएर सुरीषत बनाउनुपर्ने बताए । शालिक रहेको ठाउँ राति अन्धकार हुन्छ । वरिपरि हुर्केका सिसौ, आँप, कटहर, लिच्चीका रूख र बोट छन्। त्यसले छेकेको छ । त्यसले गर्दा पनि शालिक असुरक्षित छन उनले भने । राजा पृथ्वीनारायण शाहले साना राज्य एकीकरण गरेपछि अन्तिम समय १८३१ माघ १ गते यही शालिक रहेको ठूलो ढुंगामा देहत्याग गरेको इतिहास छ । पछि सोही ढुंगामा पश्चिम मोहडा फर्किएको शालिक निर्माण राखिएको थियो । स्मारक ७ रोपनी जग्गामा फैलिएको छ ।
स्मारकमा यहाँ आउने स्वदेशी तथा विदेशीले पर्यटकले शालिकमै गएर फोटो खिच्ने गर्छन् । स्मारक वरिपरि लगाइएको पर्खाल होचो छ । चारैतिर ढोका छन् । ती ढोकाहरूमा खिया लागेर पुराना भएका छन् । स्मारक रेखदेखका लागि पालेघर भए पनि भूकम्पले भत्केको छ स्थानिय शिव रिजालले बताए । शालिकको हेरचार नहुनुमा राजनिति हावी भएको स्थानियवासीले बताएका छन । स्थानिय क्लब वा संरक्षण समितिले आफुहरुलाई स्थानिय तहले अधिकार दिएमा काम गर्न तयार भएको समेत बताएका छन । सरोकारवाला निकायविच कुरा नमिल्दा अहिले शालिक ढल्ने कुरुप समेत बज्दै गएको छ । देविघाटमा पृथ्वी नारायणको शालिकजस्तै यस्ता धेरै ऐतिहासिक वस्तु भएपनि संरक्षण र प्रचारप्रसारको अभावले ओझेलामा पर्दे गएको छन ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













स्वर्गीय नन्द कुमारीको स्मृतिमा भूमेदेवीलाई सहयोग
बागमती प्रदेशको बजेट खर्च निराशाजनक
शेरा दरबारको हडपिएको १६४ रोपनी जग्गा फिर्ता गराउन खोज्दा धम्की
नुवाकोटमा यू–१४ फुटबल प्रतियोगिता सुरु हुँदै
बट्टारबाट लागुऔषध सहित २ जना पक्राउ





प्रतिक्रिया