कांग्रेसले नुवाकोटसहित सात जिल्लाका महाधिवेशन प्रतिनिधिलाई प्रशिक्षण दिने

विदुर खबर २०७६ भदौ १७ गते १९:३७

नुवाकोट । नेपाली काङ्ग्रेस केन्द्रीय नीति, अनुुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले प्रदेश–३ का सात जिल्लाका महाधिवेशन प्रतिनिधिलाई प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ ।

काङ्ग्रेसले आज एक विज्ञप्ति जारी गरी भदौ २० र २१ गते काठमाडौँ, ललितपुर, भक्तपुर, काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, दोलखा र रामेछापका महाधिवेशन प्रतिनिधिलाई प्रशिक्षण दिन लागेको जानकारी दिएको हो । प्रदेश–३ को प्रशिक्षण कार्यक्रम दुई स्थानमा गर्ने यसअघिको निर्णयअनुसार भदौ २० र २१ गते भक्तपुरको बोडेमा सात जिल्लाको प्रशिक्षण कार्यक्रम सञ्चालन गर्न लागिएको काङ्ग्रेस केन्द्रीय कार्यालयका सचिव मुक्ति आचार्यले जानकारी दिनुभयो ।

Advertisement

काङ्ग्रेसले सात जिल्लाको महाधिवेशन प्रतिनिधलाई भदौ २० गते विहान ८ देखि १० बजेसम्म नाम दर्ता गराउन अनुरोधसमेत गरेको छ । यस्तै, प्रदेश–३ को रसुवा, नुवाकोट, धादिङ, चितवन, मकवानपुर र सिन्धुलीका महाधिवेशन प्रतिनिधिहरुका लागि मकवानपुरमा पछि प्रशिक्षण दिने भएको छ । यसैगरी प्रदेश–१ को धनकुटा र मोरङ, प्रदेश–२ को जनकपुरधाम र वीरगञ्ज तथा सुदूरपश्चिमको कञ्चनपुरमा प्रशिक्षण कार्यक्रम सञ्चालन गरिने काङ्ग्रेसले जनाएको छ ।

प्रतिक्रिया