राहत र उद्धारमा जुट्न सांसद तामाङको निर्देशन

विदुर खबर २०७६ भदौ १६ गते २०:४६

नुवाकोट । नुवाकोटको तादी गाउँपालिकामा शनिवार राति परेको अविरल बर्षाका कारण वडा नं २ र ३ कोषकाढे स्थित रहेको खहरे खोलामा आएको बाढीले ठूलो क्षति पुगेको छ ।

Advertisement

 

क्षति पुगेको स्थानहरुमा प्रतिनिधिसभा सदस्य हितबहादुर तामाङ, प्रदेश नं ३ कि उपसभामुख राधिका तामाङ, प्रदेशसभा सांसद बद्री मैनाली लगायतको टोलीले आज स्थलगत निरीक्षण गरेका छन । निरीक्षण टोलीमा प्रमुख जिल्ला अधिकारी द्रोणराज पोखरेल, प्रहरी प्रमुख अवि काफ्ले, गाउँपालिका अध्यक्ष, प्रशासकिय अधिकृत, वडा अध्यक्ष लगायतको उपस्थिति रहेको थियो ।

Advertisement

 

स्थलगत निरीक्षण गर्दै संघिय सांसद तामाङले तीनै तहका सरकार मिलेर पीडितलाई राहत र बस्ती बचाउन तटबन्ध बनाउन सहयोग गर्ने प्रतिवद्धता जनाएका थिए। राति आएको बाढिले २ वटा घर पूर्णरुपमा क्षति भएको र दर्जनौ पशु चौपाय बेपत्ता भएको थियो भने सयौं रोपनी जमिन वगाएको थियो । बाढिबाट क्षति हुनेहरुमा सोही ठाउँ बस्ने श्याम बहादुर थापाको गोठ पुर्ण रुपमा बगाएको, घरमा आंशिक क्षति, सोमनाथ सापकोटाको धान कुट्ने मिल, गोठ र एउटा गाई बगाएको, हरि थापा, कृष्ण थापा, बासु थापा, शिशिर उप्रेती, शिब दाहाल, कुमार शिबभक्ति, गोबिन्दलाल पण्डित, कृष्ण प्रसाद लामिछाने, सुराम तामाङ, मछिन्द्र तामाङ, सुमन थापाको खेत बगाएको छ।

Advertisement

प्रतिक्रिया