भारतका पूर्व वित्तमन्त्री अरुण जेट्लीको निधन

विदुर खबर २०७६ भदौ ७ गते १७:१५

नयाँ दिल्ली , भारतका पूर्व वित्तमन्त्री अरुण जेट्लीको ६६ वर्षको उमेरमा निधन भएको छ।

Advertisement

प्रधानमन्त्री नरेन्द्र मोदीको अघिल्लो सरकारका वित्तमन्त्री रहेका जेट्लीको आज एम्स अस्पतालमा निधन भएको हो। अस्पतालका प्रवक्ता आरती विजका अनुसार आज दिउँसो १२ बजेर ७ मिनेटमा उनको निधन भएको हो।अस्पतालमा उपचार गराइरहेका जेट्लीलाई भेट्न अघिल्लो हप्ता रक्षामन्त्री राजनाथ सिंह अस्पताल पुगेका थिए।  स्वासप्रस्वासमा समस्य भएपछि उनलाई यही महिना नयाँ दिल्लीको अखित भारतीय आयुर्विज्ञान संस्थान (एम्स) भर्ना गरिएको थियो। उनी आइसियूमा थिए।

गत मेमा जेट्लीले प्रधानमन्त्री मोदीलाई पत्र लेखी स्वास्थ्यमा समस्या आएकाले नयाँ सरकारमा आफूलाई जिम्मेवारी नदिन आग्रह गरेका थिए। विगत १८ महिनादेखि आफूलाई समस्या देखिएको उनले उल्लेख गरेका थिए। कानुन व्यवसायबाट राजनीतिमा प्रवेश गरेका जेट्ली भारतीय जनता पार्टीका एक प्रभावशाली नेता थिए।

Advertisement

प्रतिक्रिया