नुवाकोटमा जिल्ला लिग फुटवल प्रतियोगिता शुरु, उद्घाटन खेलमा बट्टार युथ विजयी
नुवाकोट, नुवाकोट फुटवल संघको आयोजनामा शनिवारदेखि जिल्ला लिग फुटवल प्रतियोगिता शुरु भएको छ ।
नुवाकोट आर्दश बहुमुखी क्याम्पसको खेल मैदान बट्टारमा शुरु भएको प्रतियोगिताको उद्घाटन खेलमा बट्टार युथ क्लबले विजयी शुरुवात गरेको छ । बट्टार युथ क्लबले डिफेन्डिङ च्याम्पयिन तादी त्रिशुली युवा क्लब माझिटारलाई १–० गोल अन्तरले पराजित गर्दे विजयी शुरुवात गरेको छ । बट्टरको लागि जर्सी नम्बर ८ का सुवास तामाङले पहिलो हाफको २८ औ मिनेटमा गरेको गोल नै जितको लागि पर्याप्त भएको थियो ।
दोस्रो हाफमा दुवै टोलीले पाएको मौकाको सदुपयोग नगर्दा खेल बट्टार युथ क्लबले एक १–० गोल अन्तरले आफ्नो पक्षमा पारेको हो । पहिलो खेलमै जित हात पारेको बट्टारले तीन अंक हात पारेको छ । प्रतियोगिता अन्र्तगत आईतबार चार खेल हुनेछन । आईतबारको पहिलो खेलमा युनिक व्वाईजविरुद्ध तप्त युवा क्लब,युनाइटेड युथ क्लबविरुद्ध कोलनी युथ क्लब , नुवाकोट युनाईटेड विरुद्ध जालपादेवि युथ क्लब र न्यु भिजन विरुद्ध क्लबबीच प्रतिष्पर्धा हुनेछ ।
१८ ओटा क्लबले सहभागिता जनाएको प्रतियोगिता लिगकम नकआउटका आधारमा खेलाईने नुवाकोट फुटवल संघका अध्यक्ष दिपक चित्रकारले बताए । १८ ओटा क्लबलाई चार समुह बनाईको छ । समुहका प्रत्येक विजेता र उपविजेता अघिल्लो चरणमा प्रवेश गर्ने नुवाकोट फुटवल संघका माहासचिव विष्णु चालिसेले बताए ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













पूर्वअर्थमन्त्री महत सहित ५५ जना विरुद्ध मुद्दा दायर
रसुवागढी जलविद्युत मर्मतपछि आंशिक सञ्चालनमा
मगर संघ नुवाकोटको नयाँ कार्यसमिति चयन
धादिङको धुनिबेँसी सवारी दुर्घटना हुँदा ३५ जना घाइते
दुप्चेश्वरमा लाखौं भक्तजन पुगे





प्रतिक्रिया