के अनुशासनको डण्डाले कांग्रेस अघि बढ्ला ?


रमेश महत
नेपाली काग्रेस अहिले ईतिहासकै कठिन मोडमा छ । मुलुक संघिय प्रणालीमा छ तर संघिय प्रणाली अनुरूप आफ्नो पार्टिको संरचना निर्माण गर्न सकिरहेको छैन,पार्टिका भातृ संस्थाहरुको म्याद सकिदा पनि समयमा अधिवेशन गराऊन नसकेको अवस्था विद्ध्यमान छ,केन्द्रले हस्तक्षेप गरि अधिवेशन गरिएको तरुणदलको कार्यसमिति चार सदस्यमा सिमित छ । सम्पन्न निर्वाचनको परिणामले तिनै तहको सरकार कम्युनिस्टको हातमा छ यता सभापति देउवाको पदावधि आगामी फाल्गुन महिना सम्म मात्र वाकि छ। १४ औ महाधिवेसनको तयारि गर्नु पर्नेछ,कार्यकाल सकिन लाग्दा समेत पार्टिको विभाग लगायतका विधानमा व्यवस्था भएका विषयहरु गठन हुनसकिरहेको छैन।
यता कम्युनिस्ट सरकार ईतिहासकै लाचार,भ्रष्ट र असफल सावित भएको छ,कांग्रेस यस अवस्थामा पनि शसक्त प्रतिवाद गर्न सकिरहेको छैन,संसद भित्र र वाहिर शसक्त प्रतिपक्षको भुमिका निर्वाह गर्न संकेको छैन । यिनै चुनौतिको वावजुद नेपाली कांग्रेस आफ्नो केन्द्रीय समितिको वैठकमा जुटेको छ । वैठकका एजेण्डाहरु रिक्त भातृ संस्थाको गठन,रिक्त विभागहरु सम्बन्धमा कस्तो निर्णय लिने,महासमितिको वैठकको निर्णय अनुसार संघिय संरचना अनुरूप अविलम्व पार्टिको संरचनाको गठन-पुरक अधिवेशन सम्पन्न गर्ने ,१४औ महाधिवेसनको तयारि,लाचार र अलोकप्रिय कम्युनिस्ट सरकारको विरुद्दमा कुसल प्रतिपक्षको भुमिका निर्वाह जस्ता विषयहरु रहेको छन्।
यि चुनौतिहरु पार गर्न कस्तो पार्टि संचालन गर्ने भन्ने विषयमा केन्द्रीय कार्यसमितिको वैठक केन्द्रित हुनु पर्दछ । कांग्रेस केन्द्रीय कार्यसमितिमा पेश भएको प्रस्तावित नियमावलीको अनुशासनसम्बन्धी व्यवस्थाको च) मा ‘’पार्टीको नीति, सिद्धान्तमा आघात पर्ने वा पार्टीको मान, प्रतिष्ठा र इज्जतमा आँच पुग्ने खालका सार्वजनिक अभिव्यक्ति दिएमा वा कुनै पनि माध्यमबाट लेख, रचना वा अन्य कुनै सामाग्री प्रकाशित गरे अनुशासन उल्लंघन हुने’’ उल्लेख छ । यस प्रस्तावले के देखिन्छ भने पार्टि संस्थापन पक्ष आउँदो पार्टी महाधिवेशनमा आलोचकको मुख थुन्न यस खालको ‘वैधानिक व्यवस्था’ गर्ने प्रयासको कसरतमा जुटेको देखिन्छ ।यता कांग्रेस संस्थापनले प्रस्ताव गरेको नियामावली प्रति फरक मत राख्नेहरुले भने प्रस्तावित नियमावलिको अनुशासन सम्वन्धि प्रावधानले पार्टि संस्थापनले नेतृत्व वा पार्टीको मान, प्रतिष्ठा र इज्जतमा आँच पुर्याएको भन्दै आफ्ना विरोधीलाई पाँच वर्षसम्म निष्काशन गर्न सक्नेछन्, यस प्रावधानको व्यापक दुरुपयोग हुनेछ भन्ने आशंका व्यक्त गरेका छन्। दसको कारण पर्टि थप विभाजन तर्फ जानेछ।
नेतृत्वको कमजोरी वा अलोकतान्त्रिक गतिविधिबारे खुला छलफल,वहस पैरवी हुनु कांग्रेस पार्टीको स्थापनाकाल देखिकै विशेषता हो ।यहि विषेशताको कारण कांग्रेसलाई उदार र खुला पार्टी भनिएको हो।नेतृत्वमाथि कुनै प्रश्न नै गर्नै नपाउने,नेतृत्वले गरेका गलत कामको छलफल, वहस,पैरवी नै गर्न नपाईने हो भने कांग्रेस कसरि लोकतन्त्रिक पार्टि मानिने छ? यो कांग्रेस माथि ऊव्जने गहिरो प्रश्न हुनेछ,सर्वत्र चर्चाको विषय वन्नेछ । राष्ट्रिय जागरण अभियानको क्रममा पनि केन्द्रीय अनुशासन समितिले पार्टी नेतृत्वलाई गालीगलौज गर्न नपाइने भनि परिपत्र गरेको थियो । अहिले आएर नियमावली नै बनाएर आलोचकको मुख थुन्ने प्रयास कति लोकतान्त्रिक सावित हुनेछ यो वहसको विषय वन्नेछ ।
नियमावलिमा प्रस्तावित अनुशासन सम्वन्धि प्रावधानले पार्टि संस्थापन पक्षले पार्टिका सदस्यहरुलाई अनुशासनको कारबाहीको डण्डा देखाएर आलोचकको मुख बन्द गरेर आफ्नो आकांक्षा पूरा गर्न खोजेको देखिन्छ । पार्टिको
नियमावलि पार्टिको विधानलाई व्याख्या गर्ने दस्तावेज हो।यसलाई ज़्यादा विवादित वनाऊनु भन्दा सहज रुपमा विधान कार्यान्वयन गर्ने दस्तावेजको रुपमा निर्माण गर्ने तर्फ लाग्नु जरुरि छ । स्थानीय तहको निर्वाचनको समय दुई वर्ष मात्र वांकि भएकोले सिगै पार्टि आन्तरिक कलहमा फस्नु भन्दा छलफल र सहमतिको आधारमा निर्णय लिने,समयमा नै १४ महाधिवेशन सम्पन्न गर्ने साथै एकताको संदेश दिने गरि पार्टि संचालन गर्न सके मात्र काग्रेसले विद्ध्यमान चुनौतिहरु पार गर्न सफल हुनेछ ।पर्टि भित्र अनुशासनको छडि चलाऊनु भन्दा चुनौतिको चुली पार गर्न एकताको प्रयास उपर्युक्त सावित हुनेछ ।
लेखक नेपाली कांग्रेस नुवाकोटका नेता हुन ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना











नुवाकोटका रिमाल एमालेको केन्द्रीय सदस्यमा पनि पराजित
नेपालका दुई हात्ती कतार लगिए
रसुवागढी नाका पुस १० देखि सञ्चालनमा ल्याउने तयारी
नुवाकोटको सूर्यकुण्ड हाइड्रोले पुस ९ गतेदेखि आईपीओ निष्काशन गर्दै
एमालेमा नेतृत्वका लागि मतदान हुँदै





प्रतिक्रिया