साडीमा खुलेको करिश्माको सुन्दरता
विदुर खबर
२०७६ असार  १८ गते २:४०
	
 नुवाकोट असार १८, एक जमाना नेपाली फिल्मकी निर्विकल्प अभिनेत्री हुन्, करिश्मा मानन्धर ।
नुवाकोट असार १८, एक जमाना नेपाली फिल्मकी निर्विकल्प अभिनेत्री हुन्, करिश्मा मानन्धर ।आफ्नो युगमा एकसेएक सम्झनलायक र सुपरहिट फिल्म दिएकी उनले फिल्म ‘साथी’ मा अभिनेता राजेश हमाललाई अग्रेजीमा ‘आई लभ यू’ बोल्न सिकाएको दृश्य दर्शकको दिमागबाट कहिल्यै हट्न सकेको छैन ।
तर, केही वर्षयता उनी काँचको पर्दाबाट टाढा छिन् । उनी अभिनीत फिल्म हेर्न नपाएको दर्शकले वर्षौ भइसकेको छ ।
%20(1).jpg)
%20(3).jpg)
उनले करीब ५ वर्ष अगाडि अभिनय गरेको फिल्म ‘हिरोज्’ गत वर्ष प्रदर्शनमा आएको थियो । तर, फिल्मले हलमा पानी भन्न पाएन । उनले केही वर्ष अगाडि फिल्म ‘फागु’ नामक फिल्म पनि बनाएका थिइन् । यो फिल्मको असफलतापछि उनले नयाँ फिल्म निर्माण गर्ने हिम्मत जुटाउन सकेकी छैनन् । न त अफर आएका फिल्म नै गरेकी छन् । आमाको रोल मात्र अफर आउन थालेपछि उनी अभिनयबाट टाढा भएको बताइन्छ ।
अहिले करिश्माले ठुम्का लगाएको फिल्म ‘जात्रै जात्रा’ हलमा प्रदर्शनरत छ । अभिनयबाट दूरी बनाएपछि उनी डा. बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टीमार्फत् सक्रिय राजनीतिमा आएकी थिइन् । तर, बाबुराम भट्टराई र उपेन्द्र यादवको दलबीच पार्टी एकता भएपछि करिश्माले पार्टी परित्याग गरिन् । चाँडै उनी नयाँ राजनीतिक दलमा आबद्ध हुने सोचमा छिन् । उनले नेकपा प्रवेश गर्ने चर्चा छ ।
%20(2).jpg)
नयाँ शक्ति पार्टीमा प्रवेश गरेपछि उनले कक्षा ८ बाट अध्ययन समेत सुरु गरेकी थिइन् । हालै उनी एसइइमा ‘बी प्लस’ ल्याएर उत्रिर्ण भइन् । सदाबहार अभिनेत्रीको उपाधि पाएकी करिश्मा अब प्लस टु म्यानेजमेन्ट विषय लिएर पढ्ने सोचमा छिन् । एसइइमा उत्रिर्ण भएपछि राजधानीका विभिन्न महँगा प्राइभेट कलेजले अध्ययनका लागि अफर गरे पनि उनले आफ्नो घर नजिकै रहेको सरकारी विद्यालय पढ्ने निर्णय लिएकी छन् ।
सरकारी विद्यालयमा पढाई राम्रो हुँदैन र गरिब परिवारका सन्तान मात्र पढ्छन् भन्ने सोचाईलाई उनी गलत साबित गर्न चाहन्छिन् । उनको यस निर्णयको सबैले प्रशंसा गरेका छन् । एसइइमा उत्रिर्ण भएपछि निकै खुसी भएकी करिश्माले गएको शनिबार एक तिज गीतमा नृत्य गरिन् । हातभरी हरियो चुरा, हरियो पोतेमा छड्के तिलहरी, रातो चोली र पहेँलो रंगमा रातो गुलाबको बुटटा भएको साडीमा उनले छमछमी कम्मर मर्काइन् ।
साभार फिल्मी खबर डटकम 
	
	
	
        
	
सम्बन्धित
 
	
		
	
		
	
		
	
		
	
		
	
		- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना









 आज साँझदेखि मौसममा सुधार हुने पूर्वानुमान
आज साँझदेखि मौसममा सुधार हुने पूर्वानुमान विद्यार्थीहरूलाई पोसाक वितरण
 विद्यार्थीहरूलाई पोसाक वितरण चितवनमा बस दुर्घटना, ३३ जना घाइते
चितवनमा बस दुर्घटना, ३३ जना घाइते युवा चेतना, अस्थिरता र भविष्यको बाटो
युवा चेतना, अस्थिरता र भविष्यको बाटो जेनजी आन्दोलनमा लुटपाट गर्ने नुवाकाेटका श्रेष्ठ समातिए
जेनजी आन्दोलनमा लुटपाट गर्ने नुवाकाेटका श्रेष्ठ समातिए





प्रतिक्रिया