पन्चकन्या गाउँपालिकामा प्रधानमन्त्रि रोजगार कार्यक्रम शुरु,बाटो खन्दै महिलाहरु
नुवाकोट असार ५, पन्चकन्या गाउँपालिकामा बुधबारदेखि प्रधानमन्त्रि रोजगार कार्यक्रम शुरु भएको छ ।
गाउँपालिकाको वडा नम्बर २ मा प्रधानमन्त्रि कार्यक्रम अन्र्तगत बाटो खन्ने र सरसफाई गर्ने कार्यक्रम शुरु भएको वडा नम्बर २ का वडाअध्यक्ष धुव्रप्रसाद मिश्रले जानकारी दिए । कार्यक्रममा १२ महिला र २ पुरुष गरि १४ जना सहभागी भएको मिश्रले बताए ।
कार्यक्रम अन्र्तगत सहरेटार र मिश्रगाउँ जानेबाटो नाली खन्ने सरसफाईको काम शुरु गरिएको वडा कार्यालयले जनाएको छ ।
वर्खायाममा सडक अवरुद्ध हुने भएकोले समयमै नाली कटान थालिएको बताइएको छ । सहभागिहरुलाई विहान र दिउँसो गरी दुई समुहमा मिलाएर काम गराईको वडाअध्यक्ष मिश्रको भनाई छ । कार्यक्रम अन्र्तगत गाउँपालिकालाई १० लाख रुपैयाँ आएको र सो मध्ये ५ लाख वडा नम्बर २ प्रधानमन्त्रि रोजगार कार्यक्रम अन्र्तगत छुट्टाइएको गाउँपालिकाको कार्यालयले जनाएको छ । कार्यक्रम ढिला आएकोले गाउँपालिकामा काम ढिलो गरि शुरु भएको वडाअध्यक्ष मिश्रको भनाई छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












आशिकाको नाममा १ करोड ३५ लाखको चेक बाउन्स
बर्डफ्लुको त्रासले कुखुरा उद्योग धराशयी
देशभर मनसुन सक्रिय, केही क्षेत्रमा भारी वर्षाको सम्भावना
नुवाकाेटमा अन्तर विद्यालय कविता प्रतियोगिता सम्पन्न
विदुर १३ वडा कार्यालय नयाँ भवनबाट सञ्चालनमा





प्रतिक्रिया