विदुर नगरपालिका उपमेयर कप महिला भलिबलकाे उपाधि एपीएफलाई
नुवाकाेट असार २, विभागीय नेपाल एपीएफ क्लबले प्रथम उपमेयर राष्ट्रिय महिला भलिबल प्रतियाेगिताकाे उपाधि जितेकाे छ ।
विदुर नगरपालिका वडा नम्वर 9 काे काेलनीकाे भलिबल काेर्टमा भएकाे फाइनलमा एपीएफले हाेङ्ग्वान्जी न्यु डायमन्ड एकेडेमीलाई ३-० काे साेझाे सेटमा पराजित गर्दै उपाधि जितेकाे हाे । एक पक्षीय खेलमा एपीएफले २५-२१, २५-२० र २५-१२ काे सहज जित निकाल्याे । उपाधिसँगै एपीएफले १ लाख ७५ हजार रुपैया हात पार्याे। दाेस्राे भएकाे डायमन्डले ७५ हजारमा चित्त बुझायाे ।
तेस्राे भएकाे आर्मीले ४० हजार रुपैया हात पार्याे । एपीएफकी सरस्वती चौधरी प्रतियोगिताको सर्वाेत्कृष्ट खेलाडी चुनिए । उनले ५ हजार रुपैया हात पारिन् । व्यक्तिगत विधातर्फ डायमन्डकी प्रतिभा माली वेस्ट स्पाइकर र सलिना श्रेष्ठले बेस्ट डिफेन्डर बनिन् । एपीएफकी कप्तान विनिता बुढाथोकी बेस्टर सेटर र आर्मीकी मनिषा खाँड बेस्ट ब्लकर घोषित भइन् । उनीहरुले समान ३ हजार रुपैया पाए ।
विजयी टोली तथा खेलाडीहरुलाई सांसद रामकुमारी झाक्री, विदुर नगरपालिकाका मेयर सन्जु पण्डित, उपमेयर गीता कुमारी दाहाल, राखेप सदस्य इन्दिरा निरौला उपाध्यय, प्रमुख जिल्ला अधिकारी द्रोण पोखरेल, जिल्ला सम्नवय समितिका प्रमुख सन्तमान तामाङ, विदुर नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत सुदेव कुमार पोखेरेल, जिल्ला खेलकुद विकास समितिका अध्यक्ष बुद्धि प्रधानलगायतले पुरस्कृत गरे । जेठ ३० गतेबाट शुरु भएकाे प्रतियाेगितामा विभिन्न ७ टाेलीले प्रतिस्पर्धा गरेका थिए ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












सरकारको कामले जनतामा आशा जागिसक्यो : सञ्चारमन्त्री
बागमतीको बजेट अधिवेशन सोमबारबाट
खेल मैदानमा चिस्यान केन्द्र बन्न दिन्नौ : स्थानिय
टक्सार पिखुवा खोला हाइड्रोपावरको आईपीओ बाँडफाँट
नुवाकोट आदर्श बहुमुखी क्याम्पसको जर्नल सार्वजनिक





प्रतिक्रिया