नुवाकोटमा अतिक्रमण गरेर बनाइएका सबै घरटहरा हटाईने
नुवाकोट जेठ ७, विदुर नगरपालिका वडा नम्बर २ वनदेविमा रहेको वनदेवि सामुदायिक वन अतिक्रमण गरेर बनाइएका घर टहरा खाली जगरे बल प्रयोग गरेर भएपनि खाली गरिने भएको छ ।
जिल्ला वन कार्यालय नुवाकोटले आइतबार सार्वजनिक सुचना जारी गर्दे १० दिनभित्र सामुदायिक वन खाली गर्न आग्रह गरेको छ । अतिक्रमण गरि बनाइएका घरटहराहरु आफै नहटाएमा वल प्रयोग गरेर भएपनि जग्गा खाली गरिने जिल्ला वन कार्यालय नुवाकोटका निमित्त डिभिजन वन अधिकृत राजकुमार यादवले जानकारी दिए । उनले विना ईजाजत अवैध तरिकाले घरहरु निर्माण गरि वसेकोमा वन ऐन,२०४९ को दफा ४९ को उपदफा (क) विपरित भएकोले उक्त क्षेत्र अतिक्रमण गरि बनाइएका घरहरु तत्काल खाली गर्नुपर्ने बताए ।
वन अतिक्रमण रणनिति २०६८ वमोजम निर्माण भएको अतिक्रमण समितिको निर्णय अनुसार अतिक्रमण भएको सामुदायिक वनको जग्गा तत्काल खाली गर्न गत साता जिल्ला वन कार्यालयलाई आग्रह गरिएको थियो । समितिको आग्रहपछि जिल्ला वन कार्यालयले तत्काले सम्बन्धित निकायलाई अतिक्रमण गरेको स्थानमा बनाएका घरटहरा हटाएर सहयोग गर्न आग्रह गरेको जिल्ला वन कार्यालयका रेन्जर लोकनाथ न्यौपानेले जानकारी दिए । विदुर नगरपालिका वनदेवि र जिल्ला प्रशासन अगाड िअतिक्रमण गरी बनाइएका घरहरु झन्डै एक दर्जनभन्दा बढी रहेको जिल्ला वन कार्यालय नुवाकोटले जनाएको छ । यसअघि जिल्ला प्रशासन कार्यालयमा केही दिनअघि वसेको सर्वपक्षिय बैठकले विदुर नगरपालिका वडा नम्बर २ वनदेवि सामुदायिक वनमा अतिक्रमण गरि बनाइएको घर टहरा भत्काएर जिल्लाभर सकरात्मक सन्देश फैलाउनुपर्ने माग उठेको थियो ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












पेट्रोलको मूल्य १५ रुपैयाँ बढ्यो
खेल विज्ञानको अनुशासन सदनमा उतार्ने जिम्मेवारीमा लामिछाने
रसुवामा आचार्य लगातार तेस्रोपटक अनुमोदित
एक हप्तामै बन्दैछ बालेन सरकार, पहिलो दिनदेखि नै नयाँ सन्देश
आजको मौसम : आज चार प्रदेशमा वर्षाको सम्भावना





प्रतिक्रिया