मेघाङमा शनिवार साँझ परेको चट्याङले एक बृद्धको ज्यान गयो

विदुर खबर २०७६ वैशाख २८ गते १५:२७

नुवाकोट वैशाख २८, नुवाकोटको मघाङ गाउँपालिका वडा नम्बर ४ मा शनिवार साँझ परेको चट्याङले एक वृद्धको ज्यान गएको छ ।
मृत्यु हुनेमा ६८ वर्षिय निङ तामाङ रहेको जिल्ला प्रहरी कार्यालय नुवाकोटका डिएसपी भिमलाल भट्टराईले बिदुर खबरलाई बताउनुभयो । तामाङको घर भित्रै मृत्यु भएको उहाँको भनाई छ । चट्याङले तामाङको घरमा रहेको एउटा दुहुनो भैसी समेत मरेको  छ भने चार बाख्रा घाईते भएका छन ।

Advertisement

त्यस्तै चट्याङको कारण तामाङ घरमा समेत आगलागी भएर सामान्य क्षति पुगेको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ । घटनाको थप अनुसान्धान भइरहेको प्रहरीले बताएको छ ।

प्रतिक्रिया