सोलुखुम्बुमा गर्भपतन गराउनेमा अविवाहित धेरै, एकै जनाले गराइन् वर्षमा तीन पटक
१६ फागुन, ओखलढुंगा । सोलुखुम्बुको जिल्ला अस्पताल फाप्लुमा गर्भपतन सेवा लिन अधिकांश अविवाहित महिला आएको पाइएको छ । गर्भपतन गर्न आउनेमा अविवाहित र कम उमेरका महिलाहरुसमेत रहेका छन् ।
अस्पतालका अनुसार एक १३वर्षीया बालिकाले समेत गर्भपतन गराएकी छन् । जिल्ला अस्पताल फाप्लुका मेडिकल अधिकृत डा. राजेन्द्र बस्नेतका अनुसार एक महिनामा सय जनासम्मले वैधानिक रुपमा गर्भपतन गराएका छन् ।
त्यसमा विद्यालय तथा क्याम्पस पढ्ने उमेर समूहका किशोरीहरु पनि रहेका उनले जानकारी दिए ।
जिल्लामा अवैधानिक रुपमा बिभिन्न तरिकाबाट असुरक्षित गर्भपतन गर्नेको संख्या पनि उच्च रहेको छ । प्रत्येक महिना असुरक्षित तथा अवैधानिक रुपमा गर्भपतन गरी स्थास्थ्य खराब भएर उपचारका लागि ८/९ जना विरामी आउने गरेको मेडिकल अधिकृत बस्नेत बताउँछन् । ग्रामीण भेगमा रहेका स्वास्थ्यकर्मीबाट असुरक्षित गर्भपतन हुने गरेको उनको भनाइ छ ।
अस्पतालमा गर्भपतनका लागि एउटै महिला एक वर्षमा तीन पटकसम्म आएको पाइएको छ । डा. बस्नेतले पछिल्ला दिनमा गर्भपतन सेवा निःशुल्क हुनु, क्याम्पस पढ्ने किशोरीहरुमा यौन कौतुहलता बढी हुनु तथा जिल्लामा सुरक्षित गर्भपतन सम्बन्धी चेतनामूलक कार्यक्रम हुन थालेपछि गर्भपतन गराउनेको संख्या बढेको हो ।
नेपालमा सुरक्षित गर्भपतन सेवा प्रक्रिया २०६० ले १२ हप्तासम्मको गर्भ गर्भवती महिलाको मञ्जुरीमा पतन गर्न पाउने व्यवस्था गरिएको छ । जबर्जस्ती करणी र हाडनाता करणीबाट गर्भ बसेमा १८ हप्तासम्मको गर्भ पतन गर्न पाइने व्यवस्था छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












महतको स्वास्थ्य जाँच गराउन अदालतको आदेश
देशभरका सीडीओलाई गृहको पत्र– अतिक्रमित संरचना हटाउन सुरक्षा प्रबन्ध मिलाउनू
स्लोभाकिया पठाइदिन्छु भन्दै ठगी गर्ने एक जना पक्राउ
देशभर बादल, धेरै ठाउँमा वर्षा र हिमपातको सम्भावना
रसुवागढी भन्सारले ९ महिनामा ६ अर्ब ४२ करोड राजस्व सङ्कलन गर्याे





प्रतिक्रिया