सिटिजन्स बैंकको नयाँ शाखा बट्टारमा

विदुर खबर २०८३ कार्तिक १८ गते २१:४७

नुवाकोट। भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण क्षतिपुगेको देवीघाट शाखाको सेवालाई निरन्तरता दिन सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले नुवाकोटको विदुर नगरपालिका वडा नं. २, बट्टारमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ।

Advertisement

साविकको देवीघाट शाखाबाट करिब ७ किलोमिटरको दूरीमा रहेको नयाँ शाखाको उद्घाटन बैंकका मुख्य कार्यकारी अधिकृत गणेशराज पोखरेलले गर्नुभएको छ।

नयाँ शाखाबाट सर्वसाधारण, साना व्यवसायी तथा कर्पोरेट क्षेत्रका ग्राहकहरूलाई सहज र पहुँचयोग्य बैंकिङ सेवा प्रदान गरिने बैंकले जनाएको छ।

Advertisement

हाल सिटिजन्स बैंकले देशका ६१ वटा जिल्लामा फैलिएका २०० वटा शाखाहरूमार्फत २० लाख ८० हजारभन्दा बढी ग्राहकहरूलाई आधुनिक बैंकिङ सेवा प्रदान गर्दै आएको छ।

प्रतिक्रिया