गल्छीमा सडक भासिएपछि मुग्लिन–काठमाडौं सडक पूर्ण रुपमा अवरुद्ध

विदुर खबर २०८३ असोज २३ गते १८:४९

नुवाकोट । धादिङस्थित पृथ्वीराजमार्गको गल्छीमा सडक भासिएपछि सवारीसाधनको आवागमन पूर्ण रूपमा बन्द भएको छ।

Advertisement

जिल्ला प्रहरी कार्यालय धादिङका सूचना अधिकारी तथा प्रहरी निरीक्षक श्यामकुमार बस्नेतका अनुसार सडक भासिँदा राजमार्गको दुवैतर्फको आवागमन अवरुद्ध भएको हो।

उनका अनुसार सडकको बीच भागमा चिरा परेर भासिने क्रम जारी छ। सडक थप भासिँदै गएपछि जोखिम बढेको छ। सडक अवरुद्ध हुँदा पृथ्वीराजमार्ग भएर आवतजावत गर्ने सवारीसाधन प्रभावित भएका छन्।

Advertisement

प्रतिक्रिया