रसुवामा भालुको खुट्टासहित दुई जना पक्राउ
रसुवा । रसुवाको गोसाईकुण्ड गाउँपालिका–६ धुन्चेस्थित पासाङ ल्हामु राजमार्ग सडकखण्डबाट वन्यजन्तु भालुको जस्तो देखिने २ वटा खुट्टा (आखेटोपहार) सहित प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएको छ।

पक्राउ पर्नेहरूमा रसुवा आमाछोदिङमो गाउँपालिका वडा नम्बर ३ बस्ने २४ वर्षीय तोप्देन तामाङ र वडा नम्बर ५ का २९ वर्षिय गोम्बो तामाङ -टिपर चालक) रहेका छन् ।
विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय धुन्चेबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा गत्लाङबाट त्रिशुलीतर्फ जाँदै गरेको प्र.३–०१–००५ ख ९७८३ नम्बरको टिपर गाडीलाई रोकेर खानतलासी गरेको थियो ।
खानतलासीका क्रममा उक्त टिपरको हाइड्रोलिक पाइपमुनि रातो डोरीले बाँधेर लुकाइछिपाइ ल्याइएको अवस्थामा भालुको जस्तो देखिने २ वटा खुट्टा फेला पारिएको प्रहरीले जनाएको छ । वन्यजन्तुको आखेटोपहारसहित पक्राउ परेका दुवै जना र उनीहरूले प्रयोग गरेको टिपर गाडीलाई कानुन बमोजिम आवश्यक अनुसन्धान तथा कारबाहीका लागि मंगलावार नै लाङटाङ राष्ट्रिय निकुञ्ज कार्यालय धुन्चेमा बुझाइएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक डिल्ली राज सापकोटाले जानकारी दिए ।

घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना














त्रिशुली बाढी : नुवाकोटमा हालसम्म २०६ शव भेटीयाे
भारी वर्षाको जोखिम: नुवाकोटमा राति सवारी साधन सञ्चालनमा रोक
क्षणभरमै माटोमा मिल्यो जीबन, बस्ति र संरचना
पाँच प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह
विदुर कांग्रेस सभापतिमा गजुरेलको उम्मेदवारी घोषणा





प्रतिक्रिया