नुवाकोटकी दिपश्री तामाङले चीनमा जितिन् १ रजत र २ कास्य
नुवाकोट । नुवाकोटको किस्पाङ गाउँपालिका–३, काउलेकी ११ वर्षीया तेक्वान्दो खेलाडी दिपश्री तामाङले चीनमा आयोजित हाइनान बिच कप अन्तर्राष्ट्रिय आमन्त्रित तेक्वान्दो प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै नेपालका लागि १ रजत तथा २ कास्य पदक जित्न सफल भएकी छन्।

प्रतियोगितामा दिपश्रीले केरुगी विधामा रजत पदक तथा पुम्से र जम्प रोप विधामा समान एक–एक कास्य पदक जित्दै सानै उमेरमै अन्तर्राष्ट्रिय स्तरमा नेपालको गौरव बढाएकी हुन्।
हाल काठमाडौंको ठुलोभर्याङस्थित लायन मार्सल आर्ट तेक्वान्दो डोजाङमा नियमित प्रशिक्षणरत दिपश्री सानै उमेरदेखि जिल्ला, प्रदेश तथा राष्ट्रियस्तरका विभिन्न प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै आएकी प्रतिभाशाली खेलाडी हुन्।

निरन्तरको मेहनत, अनुशासन र प्रशिक्षणका कारण उनले अन्तर्राष्ट्रिय मञ्चमा समेत आफ्नो क्षमता प्रमाणित गर्न सफल भएकी छन्।

११ वर्षको उमेरमै हासिल गरेको यो उल्लेखनीय सफलताले किस्पाङ गाउँपालिका–३, काउलेसहित समग्र नुवाकोट जिल्लालाई गौरवान्वित बनाएको छ। दिपश्रीको उपलब्धिप्रति खेलकर्मी, प्रशिक्षक, स्थानीयवासी तथा शुभेच्छुकहरूले बधाई ज्ञापन गर्दै आगामी दिनमा अझ ठूलो सफलता हासिल गर्ने विश्वास व्यक्त गरेका छन्।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












विदुरमा तेस्रो बच्चा जन्माए २० हजार पोषण भत्ता पाइने
साङ्लाले निकै दुःख दिएको छ, उसो भए अपनाउनुहोस् यी घरेलु उपाय
शशांकको नेतृत्वमा कांग्रेसको राष्ट्रिय भेला, शेखरसहितको नयाँ कांग्रेस गठनको तयारी
नुवाकोटमा एक वर्षमा सवारी दुर्घटनाबाट १२ जनाको मृत्यु
ग्याँस अभाव हुन नदिन आयल निगमको निर्देशन





प्रतिक्रिया