मास्टर्नीको विवादित गीत हटाइयो, प्रियंका र दुर्गेशले मागे माफी
नुवाकोट । गायक दुर्गेश थापा र प्रियंका कार्की अभिनित चलचित्र ‘मास्टर्नी’को प्रमोसन गीत ‘ताराबाजी लैलै’ विवादमा परेपछि युट्युबबाट हटाइएको छ ।

गीतमा शिक्षक, विशेषगरी महिला शिक्षक तथा शिक्षण पेसाप्रति अपमानजनक र अमर्यादित शब्द तथा दृश्य प्रस्तुत गरिएको भन्दै आलोचना भएपछि गीत हटाइएको हो ।

गीत सार्वजनिक भएलगत्तै नेपाल शिक्षक महासंघ र नेपाल राहत शिक्षक राष्ट्रिय समितिलगायतका शिक्षकसम्बद्ध संघ–संगठनले आपत्ति जनाएका थिए । उनीहरूले गीतले शिक्षक तथा शिक्षण पेसाको गरिमामा आँच पुर्याएको भन्दै तत्काल हटाउन माग गरेका थिए ।

विवाद चर्किएपछि अभिनेत्री तथा चलचित्र निर्माता प्रियंका कार्कीले सामाजिक सञ्जालमार्फत माफी मागेकी छन् । उनले गीतका केही शब्द र दृश्यले शिक्षक–शिक्षिकाको पेसा तथा यससँग जोडिएका व्यक्तित्वहरूको गरिमामा चोट पुगेको भन्दै आफू र आफ्नो सम्पूर्ण टिमका तर्फबाट क्षमायाचना गरेकी हुन् ।
प्रियंकाले कला र मनोरञ्जन प्रस्तुत गर्ने क्रममा समाजको सम्मानित पेसा तथा मार्गदर्शक व्यक्तित्वहरूमाथि नकारात्मक असर पार्ने आफ्नो वा आफ्नो टिमको कुनै मनसाय नरहेको बताएकी छन् । यद्यपि, प्रस्तुतिका कारण अनजानमै कसैको भावनामा चोट पुगेको स्वीकार गर्दै उनले गल्तीप्रति दुःख व्यक्त गरेकी छन् ।

गायक तथा कलाकार दुर्गेश थापाले पनि गीतका केही शब्द र प्रस्तुतिले शिक्षक तथा अन्य दर्शकको भावनामा चोट पुगेको भन्दै माफी मागेका छन् ।
विवादपछि ‘ताराबाजी लैलै’ गीतलाई युट्युबलगायतका आधिकारिक सामाजिक सञ्जाल प्लेटफर्मबाट हटाइएको छ ।

यस घटनाले मनोरञ्जनका नाममा प्रस्तुत गरिने गीत, भिडियो तथा प्रचार सामग्रीमा सामाजिक संवेदनशीलता र जिम्मेवारीको विषयमा पुनः बहस सुरु भएको छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












मास्टर्नीको विवादित गीत हटाइयो, प्रियंका र दुर्गेशले मागे माफी
आज भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह
रित्तिएको गाउँ, हराएको आत्मीयता, अभावको प्यारो बालापन
सतिले सरापेको मेरो देश कि अवसरले भरिएको नेपाल
प्रदेशमा कांग्रेस–एमाले सहकार्य अन्त्यको संघारमा





प्रतिक्रिया