मूल्यवृद्धिको मार खेप्दा पनि धादिङको कालिदह खोलामा स्थायी पुल निर्माण सम्पन्न

विदुर खबर २०८३ असार १७ गते १०:०४

नुवाकोट । धादिङको सिदलेक गाउँपालिका वडा नम्बर ४ र ५ जोड्ने कालिदह -थोपर खोला) खोलामा स्थायी पुल निर्माण सम्पन्न भएको छ ।

Advertisement

चम्पेश्वर निर्माण सेवाले कालिदह खोलामाथि सिंगल स्प्यान प्रेस्ट्रेस्ड प्रविधिमा आधारित स्थायी पुल निर्माण सम्पन्न गरेको हो ।
निरन्तरको वर्षापछि आएको बाढीले धादिङको सिदलेक गाउँपालिका वडा नम्बर ४ र ५ जोड्ने कालिदह -थोपर खोला) खोलाको मूल बाटो कटान गरेर ठूलो दरी बनाएपछि काली दहवासीहरुले महिनौँदेखि सास्ती खेप्दै आएका थिए ।

वर्षायाम सुरु भएसँगै खोलामा पानीको बहाव उच्च भएपछि स्थानीयको दैनिक जनजीवन नै प्रभावित भएको थियो । विद्यार्थीलाई विद्यालय जान, किसानलाई उत्पादन गरिएको बाली तथा तरकारी बजारसम्म पु¥याउन, सर्वसाधारणलाई दैनिक आवतजावत गर्न तथा बिरामीलाई समयमै स्वास्थ्य संस्था पु¥याउनसमेत कठिनाइ भइरहेको थियो तर अवस्थामा चम्पेश्वर निर्माण सेवालेस्थायी पुल निर्माण सम्पन्न गरेपछि स्थानियवासी खुशीले गदगद भएका छन् ।

Advertisement

पुल सञ्चालनमा आएसँगै सिदलेक गाउँपालिका वडा नं. ४, ५ स्थानीयवासीले वर्षायाममा वर्षौँदेखि भोग्दै आएको समस्या अन्त्य भएको बताएका छन् । स्थानीयका अनुसार पुल निर्माणपछि आवतजावत सहज हुनुका साथै आर्थिक, सामाजिक तथा शैक्षिक गतिविधिमा सकारात्मक प्रभाव परेको छ ।

निर्माण व्यवसायी रुपचन्द्र लामिछानेले प्राकृतिक प्रकोपका कारण अत्यन्त चुनौतीपूर्ण अवस्था सिर्जना भए पनि आफुहरुले जिम्मेवारीबाट पछि नहटी जोखिम मोलेर पुल निर्माण सम्पन्न गरेको बताए । “पुल निर्माण गर्नुपर्ने स्थान अत्यन्त साँघुरो थियो, बाढीले खोलाको दुवैतर्फको भूभाग कटान गरिसकेकाले सामान्य प्रविधिबाट निर्माण सम्भव थिएन । प्राविधिक टोलीले विस्तृत अध्ययन गरी सुरक्षित विकल्प अपनाउँदै काम अघि बढाएकाले पुल बनाउन सहज भएको हो”, उनले भने । “हामीले खाली ढुंगा थुपारेर, ग्याबिन वाल लगाएर बलियो जग तयार पा¥यौं र एउटै स्प्यानमा पुल राख्यौं। काम निकै चुनौतीपूर्ण थियो, तर प्राविधिक टोली र मजदुरहरूको निरन्तर मेहनतका कारण सफल भयौं” लामछानेले विदुर खबरसँग भने ।

Advertisement

उनले निर्माण अवधिभर मौसम प्रतिकूल रहँदा पनि प्राविधिक मापदण्डलाई पूर्ण रूपमा पालना गर्दै गुणस्तरीय निर्माणमा कुनै सम्झौता नगरिएको स्पष्ट पारे ।

पछिल्लो समय निर्माण सामग्रीको मूल्यमा भएको अस्वाभाविक वृद्धिले परियोजनाको लागत उल्लेखनीय रूपमा बढाएको थियो । फलाम, सिमेन्ट, गिट्टी–बालुवा, ग्याबिन तार, डिजेल तथा अन्य निर्माण सामग्रीको मूल्य लगातार बढ्दा निर्माण व्यवसायीहरू थप आर्थिक दबाबमा परेका छन् । त्यसमा पनि दुर्गम स्थानसम्म सामग्री ढुवानी गर्नुपर्ने भएकाले लागत अझ बढेको
यति हुँदाहुँदै पनि कम्पनीले स्थानीयको समस्यालाई प्राथमिकतामा राख्दै निर्माण कार्य नरोक्ने निर्णय गरेको थियो । æलागत धेरै बढ्यो, ढुवानी खर्च पनि थपियो। तर वर्षाको बेला स्थानीयलाई बाटो नभएर दुःख पाउनु हुँदैन भन्ने सोचेर रातदिन खटेर पुल निर्माण सम्पन्न ग¥यौं, उनले भने ।

कतिपय निर्माण कम्पनीहरूले मूल्यवृद्धिका कारण काम ढिलाइ गर्ने वा रोक्ने अवस्था देखिए पनि चम्पेश्वर निर्माण सेवाले सामाजिक उत्तरदायित्वलाई प्राथमिकता दिँदै निर्धारित समयभित्रै पुल निर्माण सम्पन्न गरेको भन्दै स्थानियले समेत खुशी व्यक्त गरेका छन् ।

पुल निर्माण भएसँगै सिदलेक गथाउँपालिका वडा नमबर ३ र ४ का करिव ३ हजारभन्दा बढी घरधुरी लाभान्वित भएका छन् ।
एउटै स्प्यानमा पुल निर्माण गरिएकाले खोलाको बहावमा अवरोध नपुग्ने, बाढीको समयमा पानीको दबाब कम पर्ने तथा दीर्घकालसम्म सुरक्षित रूपमा सञ्चालन गर्न सकिने गरी पुलको डिजाइन गरिएको छ ।

स्थानीय शिक्षक रमेश महर्जनका अनुसार पुल नहुँदा बालबालिकाले विद्यालय पुग्न करिब दुई किलोमिटर घुमेर जानुपर्ने बाध्यता थियो। वर्षायाममा खोला तर्न नसक्दा कतिपय विद्यार्थी विद्यालय नै जान नसक्ने अवस्था आउने गरेकोमा पुल बनेसँगै अहिले ५ मिनेटमै स्कुल पुग्ने उनले बताए ।

स्थानीय किसानहरूका अनुसार पुल निर्माणपछि तरकारी, दूध, फलफूल तथा अन्य कृषि उत्पादन बजारसम्म समयमै पु¥याउन सहज भएको छ । यसले स्थानीय आर्थिक गतिविधिलाई समेत टेवा पु¥याउने विश्वास गरिएको छ। आपतकालीन अवस्थामा एम्बुलेन्स, दमकल तथा अन्य उद्धारका सवारी साधनसमेत सहज रूपमा सञ्चालन हुन सक्ने भएपछि स्थानीय थप राहत महसुस गरिरहेका छन्।

चम्पेश्वर निर्माण सेवाले वर्षायामभर पुलको नियमित प्राविधिक अनुगमन गर्ने तथा कुनै समस्या देखिए तत्काल मर्मत गर्ने प्रतिबद्धता समेत व्यक्त गरेको छ । निर्माण कम्पनीले पुलको दीर्घकालीन सुरक्षा सुनिश्चित गर्न आवश्यक मर्मत, निरीक्षण तथा संरक्षणको कार्यलाई प्राथमिकतामा राख्ने समेत बताएको छ ।

प्रतिक्रिया