आज असार पन्ध्र, २३ औं राष्ट्रिय धान दिवस मनाइँदै
नुवाकोट । आज १५ असार, २३ औं राष्ट्रिय धान दिवस । सरकारले यस वर्ष ‘जलवायुमैत्री प्रविधि, धानमा आत्मनिर्भरता र समृद्धि’ भन्ने मूल नाराका साथ धान दिवस मनाइरहेको छ ।

तर, ‘धानमा आत्मनिर्भरता र समृद्धि’ को नारा लगाउँदै गर्दा किसानले छर्ने बिउ भने बर्सेनि १ अर्ब रुपैयाँ बढीको भित्रिने गरेको छ ।
नेपालमा धानको बिउ उत्पादन पर्याप्त हुने र आन्तरिक उत्पादनले नै पुग्ने सरकारको दाबीबीच उन्नत र विशेषगरी हाइब्रिड (वर्णशंकर) जातको बिउमा किसानको आकर्षण बढी हुँदा देश पूर्णरूपमा परनिर्भर रहेको देखिन्छ ।
भन्सार विभागको तथ्यांक अनुसार धानको बिउ आयात गत वर्षको तुलनामा ११.४२ प्रतिशतले बढेको छ । चालु आर्थिक वर्ष २०८२/८३ को ११ महिना (साउनदेखि जेठ मसान्तसम्म) १ अर्ब २९ करोड ९४ लाख ३२ हजार रुपैयाँ बराबरको धानको बिउ नेपाल भित्रिएको छ । गत आर्थिक वर्षको सोही अवधिमा १ अर्ब १६ करोड ६२ लाख ३५ हजार रुपैयाँ बराबरको बिउ आयात भएको थियो ।
मूल्यका आधारमा हेर्दा गत वर्षको तुलनामा यो वर्ष १३ करोड ३१ लाख ९७ हजार रुपैयाँ बढीको धानको बिउ आयात भएको छ ।
मूल्यसँगै परिमाणका आधारमा पनि यो वर्ष धानको बिउ आयात बढेको छ । गत वर्षकोे ११ महिनामा २ हजार ५ सय ७० टन धानको बिउ आयात भएकोमा चालु आर्थिक वर्षको सोही अवधिमा २ हजार ९ सय ९३ टन भित्रिएको छ ।
विभागको तथ्यांकअनुसार नेपालमा आयात हुने धानको बिउमध्ये ९९ प्रतिशतभन्दा बढी हिस्सा छिमेकी मुलुक भारत र चीनले ओगटेका छन् । ११ महिनामा भारतबाट मात्रै १ अर्ब १४ करोड २५ लाख रुपैयाँ मूल्य बराबरको २ हजार ६ सय ६९ टन धानको बिउ आयात भएको छ ।
त्यसैगरी, चीनबाट १५ करोड ६७ लाख रुपैयाँ बराबरको ३ सय २४ टन धानको बिउ भित्रिएको तथ्यांक छ । भारत र चीनबाहेक नेपालले अन्य तेस्रो मुलुकबाट पनि नगन्य मात्रामा परीक्षण वा अन्य प्रयोजनका लागि बिउ आयात गरेको देखिन्छ ।
भियतनामबाट १ सय ४८ किलो, बेलायतबाट १२ किलो, कतार र युनाइटेड अरब इमिरेट्स (युएई) बाट ५/५ किलो तथा साउदी अरेबियाबाट ३ किलो धानको बिउ नेपाल भित्रिएको छ ।
एकातिर बीउमा आत्मनिर्भर उन्मुख भएको सरकारी दाबी र अर्कोतिर बर्सेनि सवा अर्बभन्दा बढीको बिउ आयात हुनुले नेपालको कृषि अनुसन्धान र किसानको आवश्यकताबीच खाडल देखिन्छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












आज असार पन्ध्र, २३ औं राष्ट्रिय धान दिवस मनाइँदै
सहकारीमा हर्जाना ५ प्रतिशतमा सीमित, लाभांश १५ प्रतिशतभन्दा बढी बाँड्न नपाइने
किन नजिकिँदैछन् ओली र दाहाल ?
आजको मौसम : मेघगर्जनसहित वर्षाको सम्भावना
जुवा खेलिरहेका २१ जना पक्राउ





प्रतिक्रिया