आज १९ औँ गणतन्त्र दिवस, देशभर भव्य रूपमा मनाइँदै
विदुर खबर
२०८३ जेठ १५ गते ८:००
नुवाकोट । नेपालमा २४० वर्ष लामो राजतन्त्रको अन्त्य भई सङ्घीय लोकतान्त्रिक गणतन्त्र घोषणा भएको ऐतिहासिक दिनको स्मरणमा आज देशभर १९औँ गणतन्त्र दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै छ ।

२०६५ साल जेठ १५ गते पहिलो संविधानसभाको बैठकले नेपाललाई गणतन्त्र घोषणा गरेको थियो ।
गणतन्त्र दिवसका अवसरमा काठमाडौंको टुँडिखेलमा विशेष समारोह आयोजना गरिएको छ । कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति, प्रधानमन्त्री लगायत उच्च पदस्थ व्यक्तित्वहरूको उपस्थिति रहनेछ ।


नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलद्वारा मार्चपास्ट तथा सांस्कृतिक झाँकी प्रदर्शन गरिनेछ ।

यस अवसरमा लोकतन्त्र स्थापनाका लागि जीवन उत्सर्ग गर्ने सहिदहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै गणतन्त्रलाई थप सुदृढ बनाउँदै सुशासन, आर्थिक समृद्धि र नागरिक जीवनस्तर सुधारमा जोड दिइएको छ ।
Advertisement
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना














नुवाकोटमा कांग्रेसको संस्थापनइतर पक्षद्वारा छुट्टै सम्पर्क कार्यालय स्थापना
बट्टारको क्रियापुत्री भवनलाई वाटर फिल्टर ट्याङ्की हस्तान्तरण
विदुरको १८ प्रस्ताव: ‘एक वडा एक स्मार्ट सिटी’ देखि विपद तालिम केन्द्रसम्म जिल्लामा पेश गरिने
अब त्रिशूलीमा लामो र अग्लो मोटरेबल पुल
मुटु भक्कानीने , भोटेकोशी बाढीको त्यो क्षण





प्रतिक्रिया