चुनावी तालमेल गर्न ओलीले राखे प्रस्ताव, दाहालले गरे अस्वीकार
नुवाकोट । एमाले अध्यक्ष केपी शर्मा ओलीको आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि झापा-५ मा तालमेलका लागि अघि सारेको प्रस्तावलाई नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहालले अस्वीकार गरेका छन् ।

चुनावी तालमेल गर्ने विषयमा ओली र नेकपा संयोजक दाहालबीच टेलिफोनमा कुराकानी भएको थियो । तर, १६४ निर्वाचन क्षेत्रमा आफ्ना उम्मेदवारले मनोनयन गरी प्रचारमा लागिसकेकाले तालमेल सम्भव नभएको जवाफ फर्काएको नेकपाका निर्वाचन प्रचारप्रसार समितिका संयोजक अग्नि सापकोटाले बताए । ‘एमालेबाट तालमेलको प्रस्ताव आएको हो । हामीले १६४ निर्वाचन क्षेत्रमा उम्मेदवार उठाएर युद्धस्तरमा प्रचारप्रसार थालिसकेका छौँ । त्यसैले नेकपाले अब कसैसँग तालमेल गर्दैन’ उनले भने ।
नेकपाबाट झापा-५ मा अखिल क्रान्तिकारीका पूर्व अध्यक्ष रञ्जित तामाङ उठेका छन् । एमाले र नेकपाबीच तालमेलको चर्चा चलेपछि नेकपा संयोजक दाहालले अब कुनै दलसँग तालमेल नहुने स्पष्ट गरेको छन् । नेकपा, एमाले र अन्य दलसँग तालमेल नहुने भन्दै १६४ निर्वाचन क्षेत्रका निर्वाचन परिचालन समितिलाई घरदैलो अभियान व्यापक बनाउन निर्देशन दिएका छन् ।
सबै जिल्लाका निर्वाचन परिचालन समितिलाई ‘भर्चुअल’ माध्यमबाट सम्बोधन गर्दै दाहालले एमालेलगायत दलसँग तालमेलको भ्रममा नपर्ने बताए । उनले तालमेलको प्रचार गरेर नेकपाविरुद्ध भ्रम सृजना गर्न खोजिएको भन्दै पार्टीका उम्मेदवारलाई जिताउन प्रतिबद्ध हुन निर्देशन दिए । ‘हामीले १६४ निर्वाचन क्षेत्रमा उम्मेदवार उठाएका छौं । कसैसँग तालमेल हुँदैन् । जनताबाट अस्वीकृत भएका र जेलेन्सकी प्रवृत्तिसँग तालमेल गरिँदैन्,’ उनले भने, ‘सबै निर्वाचन क्षेत्रबाट उत्साहजनक रिपोर्ट आएको छ । हामीले पहिलो पार्टी हुने सम्भवना देखेको छौं ।’
एमाले र नेकपाबीच तालमेलको चर्चा चलेपछि दाहालले भर्चुअल सम्बोधन गर्दै आफ्ना उम्मेदवार जिताउन आग्रह गरेका छन् ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













प्रथम वडास्तरीय मेयर कप फुटवल प्रतियोगिताको तयारी तिव्र
नुवाकोटको बेलकोटगढीमा एक जनाको हत्या,दुई जना पक्राउ
चुनावी तालमेल गर्न ओलीले राखे प्रस्ताव, दाहालले गरे अस्वीकार
निर्वाचनअघि सुरक्षाकर्मीलाई राजीनामा दिन र बिदामा बस्न रोक
किशोरीलाई आइतबारदेखि एचपीभी खोप लगाइने





प्रतिक्रिया