यस वर्ष प्रजातन्त्र दिवस तीन दिनसम्म मनाइने
नुवाकोट ।यस वर्ष प्रजातन्त्र दिवस तीन दिनसम्म मनाइने भएको छ ।

राणा शासनको अन्त्य गरी ७ फागुन २००७ मा प्रजातन्त्र स्थापना भएको दिनको सम्झनामा सरकारले यस वर्ष ६, ७ र ८ फागुनलाई भव्य रुपमा मनाउने निर्णय गरेको हो ।
प्रधानमन्त्री सुशीला कार्कीको अध्यक्षतामा सिंहदरबारमा बसेको बैठकले तीन दिन प्रजातन्त्र दिवस मनाउने निर्णय गर्दै मूल समारोह समिति पनि गठन गरेको हो ।
प्रधानमन्त्री अध्यक्ष रहने समितिमा मन्त्रीहरु, काठमाडौं उपत्यकाका सबै नगरपालिकाका प्रमुख, नेपाल सरकारका मुख्य सचिव, प्रधान सेनापति, नेपाल सरकारका सचिवहरु, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभागका प्रमुखहरु सदस्य छन् । गृह मन्त्रालयका सचिव मूल समारोह समितिका सदस्य-सचिव छन् ।
निर्णयअनुसार तीन दिनसम्म नेपालभर र विदेशस्थित नेपाली दूतावास, कूटनीतिक नियोग तथा वाणिज्य दूतावासहरुमा विभिन्न कार्यक्रम गरिनेछ । मूल समारोहको कार्यक्रम काठमाडौँको सैनिक मञ्च, टुँडिखेलमा गरिनेछ ।
बैठकमा प्रधानमन्त्री कार्कीले प्रजातन्त्र दिवस हाम्रा लागि एकदमै महत्त्वपूर्ण भएको र यसबीचमा हामीले पटकपटक प्रजातन्त्रका लागि संघर्ष गर्नुपरेको बताएकी थिइन् । उनले ती सबै आन्दोलन र नेपाली जनताले गरेको बलिदानी र त्यसका उपलब्धिको प्रतीकको रुपमा यो दिन रहेको बताएकी थिइन् । उनले देशमा पछिल्लो समय केही सकारात्मक परिवर्तन देखिन थालेको र २३ र २४ भदौको आन्दोलनले मुलुकमा परिवर्तन ल्याएको बताएकी थिइन् ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













प्रथम वडास्तरीय मेयर कप फुटवल प्रतियोगिताको तयारी तिव्र
नुवाकोटको बेलकोटगढीमा एक जनाको हत्या,दुई जना पक्राउ
चुनावी तालमेल गर्न ओलीले राखे प्रस्ताव, दाहालले गरे अस्वीकार
निर्वाचनअघि सुरक्षाकर्मीलाई राजीनामा दिन र बिदामा बस्न रोक
किशोरीलाई आइतबारदेखि एचपीभी खोप लगाइने





प्रतिक्रिया