एकैदिन सुनको भाउ तोलामा साढे २० हजार बढ्यो
विदुर खबर
२०८२ माघ १५ गते १४:१९
नुवाकोट । नेपाली बजारमा सुनचाँदीको भाउले दिनहुँ नयाँ रेकर्ड राख्ने क्रम जारी छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज बिहीबार सुनको भाउ प्रतितोला २० हजार ५ सय रुपैयाँ बढेको छ ।
आज एक तोला सुनको भाउ ३ लाख ३९ हजार ३ सय रुपैयाँ कायम भएको छ । यो भाउ हालसम्मकै सर्वाधिक हो ।
हिजो बुधबार सुनको भाउ तोलामा ९ हजार ५ सय रुपैयाँले बढेर ३ लाख १८ हजार ८ सय रुपैयाँ कायम भएको थियो ।
मंगलबार छापावाल सुन तोलामा ३ सय रुपैयाँ बढेर ३ लाख ९ हजार ३०० रुपैयाँ थियो । आज १० ग्राम सुनको मूल्य तोलामा २ लाख ९० हजार ८ सय ९५ रुपैयाँ पुगेको महासंघले जनाएको छ ।
Advertisement
यस्तै चाँदीको मूल्य आज पनि बढेको छ । बुधबार चाँदीको भाउ २ सय ५ रुपैयाँले बढेर ७ हजार ५ सय ५ रुपैयाँ कायम छ ।
मंगलबारको तुलनामा बुधबार चाँदीको भाउ प्रतितोला ४ सय ३० रुपैयाँले बढेर ७ हजार ३ सय रुपैयाँ कायम थियो ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













‘उज्यालो नेपाल’ को चुनावी यात्रा प्रारम्भ
रसुवामा ट्राफिक कारबाही तीव्र, ४ सय ७३ कारबाहीमा
एकैदिन सुनको भाउ तोलामा साढे २० हजार बढ्यो
नुवाकोटको दुप्चेश्वरमा झगडा छुट्याउने क्रममा झाँक्रीको मृत्यु, दुईजना पक्राउ
रसुवाको उत्तरी भेगमा हिमपात





प्रतिक्रिया