सर्लाही-४ का मतदातालाई पछुतो हुन दिनेछैन : गगन थापा

विदुर खबर २०८२ माघ ११ गते १६:१३

नुवाकाेट । नेपाली कांग्रेसका सभापति गगन थापाले आफूले संसद्‌मा मधेशको मुद्दालाई फरक ढंगले उठान गर्ने बताएका छन् ।

Advertisement

काठमाडौंमा आयोजित कार्यक्रममा उनले आफू सर्लाही क्षेत्र नम्बर-४ को प्रतिनिधित्व गर्न उम्मेदवार बनेकोले मधेश र सर्लाहीका मुद्दा अब संघीय संसद् र सिंहदरबारमा नयाँ तरिकाले उठ्ने बताउनु बताए । उनले सर्लाही-४ का मतदातालाई पछुतो हुने अवस्था आउन नदिने प्रतिबद्धता पनि जनाए ।

आगामी पाँच वर्षमा मधेशका मुद्दा संसद्‌मा उठ्ने तरिका र निर्णय प्रक्रिया अघिल्ला वर्षभन्दा भिन्न हुने उनकाे दाबी छ । आफू पार्टीको जिम्मेवारीका कारण सधैं सर्लाहीमा बस्न नसक्ने बताउँदै उनले उनले आफूलाई मतदाताले पुर्ण रूपमा विश्वास गर्ने उल्लेख गरे ।

Advertisement

उनले पार्टीका नेता कार्यकर्तालाई निर्वाचनमा खटिएर लाग्न आग्रह समेत गरे । आफ्नो उम्मेदवार बलियो छ भनेर अरूलाई कमजोर आकलन नगर्न उनले सचेत गराए । चुनाव जित्न सबैको मेहनत आवश्यक हुने भन्दै उहाँले मतदाता र कार्यकर्तालाई विश्वास, माया र भरोसाका साथ अभियानमा लाग्न निर्देशन दिए ।

उनलेआफू गर्नसक्ने कामको मात्रै वाचा गर्ने बताए । गर्न नसकिने कामलाई आफूले सुरूमा नै गर्न नसक्ने बताउने उनले स्पष्ट पारे ।

Advertisement

प्रतिक्रिया