बीपी कोइराला र राष्ट्रिय मेलमिलाप नीति

विदुर खबर २०८२ पुष १६ गते १०:४६
लेखक : श्रीराम श्रेष्ठ ।

नेपाली कांग्रेसले आज राष्ट्रिय एकता तथा मेलमिलाप दिवस विभिन्न कार्यक्रम गरेर मनाउँदैछ ।

Advertisement

पौष १६ गते राष्ट्रिय एकता तथा मेलमिलाप दिवश नेपालका ७७ वटै जिल्लामा प्रजातन्त्रवादीहरूले भव्यताका साथ मनाउँदै आएका छन् । यस दिवशको बारेमा बुझ्नका लागि विश्वेश्वर प्रसाद कोइराला (बीपी) को जीवनकालमा घटेको राजनैतिक घटनाक्रमलाई बुझ्नु पर्ने हुन्छ ।

विश्वेश्वर प्रसाद कोइराला बाल्य अस्थादेखि नै गरिबीमा भिजेकाले गरीबलाई नजिकबाट चिन्ने अवसर पाएका नेता थिए । नेपालजस्तो गरिब र वृmषिप्रधान देशमा सबै नेपालीको गरिबीको कारण यहाँको राज्यव्यबस्था र देशको आर्थिक नीति भने उनको दृष्टिमा परेको थियो । तसर्थ देशको जीवनस्तर उकास्नका लागि त्यहाँको राज्य व्यवस्थामा परिवर्तन ल्याउनु त्यति सहज कुरा थिएन । जसका लागि समाजको क्रान्तिद्वारा राज्य व्यवस्थामा परिवर्तन ल्याउनु थियो ।

Advertisement

मुलुकमा प्रजातन्त्रको स्थापना र शोषणरहित समाजको निर्माण गर्ने बाटो फैलाउदै हिड्ने बीपी कोइरालालाई भारतीय मूक्ति आन्दोलनमा प्रथमत सव्रिmय अहिसात्मक आन्दोलनका महारथीहरू सँगको सहबास पनि यिनै ताकाहुँदै गयो । प्रसङ्गवश १९२१ मा भारत स्वतन्त्रताका लागि गरिएको क्रान्ति जसको ऐतिहासिक नाम असहयोग आन्दोलनमा सहभागी भएर आन्दोलनका क्रममा नेतृत्व समेत गरे ।

बीपीको क्रान्ति राजनीतिक, आर्थिक र सामाजिक परिवर्तन गर्ने सोचाइले गर्दा उनले माक्र्सवादलाई सहयोग गरी आन्दोलनमा सरिक भए । विद्यार्थी जीवनमा पहिलो पल्ट सन् १९३० मा अर्थात् १४ वर्षको उमेरमा उनी पक्राउ परेका थिए । राष्ट्रियता, समाजवाद र प्रजातन्त्रका महान् सेनानी कोइराला मेट्रिक पासपछि कम्युनिष्ट आन्दोलनमा भाग लिए । त्यसबेला स्टालिन र ट्रास्टस्कीबीच झगडा भइरहेको थियो ।

Advertisement

त्यसैले आफ्ना विरोधीलाई खोजीखोजी याताना दिने काम गरिन्थ्यो । उनीहरूको सबैभन्दा ठूलो उद्देश्य विरोधीहरूलाई नाश गर्नु थियो । सत्तामा स्टालिनको प्रभुत्व थियो । त्यति बेला भारतमा महात्मा गान्धीको अति सरल र शीतल नेतृत्वमा स्वतन्त्रताको लागि जनआन्दोलन चल्दै आइरहेको थियो । त्यसै अवस्थामा राजनीतिज्ञ विपी कोइराला यी दुईबीच तुलनात्मक विश्लेषण गर्न सक्षम भई उनकै सिद्वान्तमा लाग्न सुरू गरे । विश्वविद्यालयमा अध्ययन गर्दा गर्दै जयप्रकाश, डा. लोहियाजस्ता समाजवादीहरूको सम्पर्कमा आउन थाले र कांग्रेस सोसलिस्ट पार्टीका अत्यन्त सक्रिय सदस्यसमेत बनेर काम गर्न थाले ।

विश्वविद्यालय अध्ययन गर्दाको अवस्थामा सन् १९३१ देखि ‘भारत छोड’ आन्दोलनमा सरिक हुँदा पटनामा गिरफ्तार ग¥यो । र उनलाई बन्किपुर जेलमा राखियो । त्यसपछि केन्द्रीय जेलमा लगातार तीन बर्षसम्म थुनियो । यसै समयमा उनका पिता कृष्णप्रसाद कोइरालालाई काठमाडौंमा पक्राउ गरी बागमती छेउ त्रिपुरेश्वर धर्मशालाका कोठामा थुनेर राखिएको थियो । र त्यही २००१ सालमा विपीको बुवाको देहावसन भयो ।

विपी कोइराला गान्धीको मानवतावाद र विश्व भ्रातृत्वबाट विशेष प्रेरित थिए । बहुमुखी प्रतिभाका प्रतिमूर्ति कोइरालाले परिकल्पना गरेको समाजवाद र नेपाली कांग्रेसको पृष्ठभूमि केलाउन उपर्युक्त हुन्छ । सन् १९४६ अक्टोवरमा उनले नेपालमा जनआन्दोलन प्रारम्भ गरी पटनाबाट प्रकाशित हुने पत्रिका सर्चलाइटमार्फत र भारतीय पत्रिका नेपाल आह्वान सर्वप्रथम भारतमा रहेका सम्पूर्ण नेपालीहरूको ध्यानाकर्षण गरे ।

सन् १९४६ अक्टोवर ३० का दिन प्रजातन्त्र स्थापनाका लागि बनारसमा पहिलो राजनैतिक संस्था अखिल नेपाल राष्ट्रिय कांग्रेसको स्थापना गरे । सन् १९४७ अर्थात् वि.सं. २००३ साल फाल्गुन २० गतेदेखि विराटनगरमा मजुदर हडताल भएको थियो । जुन मजदुर हडतालमा विपीको पूर्ण समर्थन थियो । मजदुर आन्दोलनमा विपीका आमा र बहिनीलाई गिरफ्तार गरे । त्यसपश्चात् बीपीको नेतृत्वमा रहेकै कांग्रेसले सर्वप्रथम नेपालको इतिहासमा देशव्यापी सत्याग्रह गरेको थियो ।

नेपाली कांग्रेसले २००७ साल कार्तिक, २१ गते रौतहट जिल्लाको नजिकै रहेको भारतीय भूमि बैरगनियामा सम्मेलन गरी नेपालमा प्रजातन्त्रको स्थापनार्थ सशस्त्र क्रान्ति गर्ने ऐतिहासिक निर्णय ग¥यो । सर्वोच्च कमाण्डरको रूपमा मातृकाप्रसाद कोइराला थिए । देशव्यापी रूपमा क्रान्ति सुरू भयो । क्रान्तिकारीहरूको पहिलो प्रवेश विरगञ्जमा भयो । क्रान्तिकारीहरूको पहिलो प्रवेशपश्चात नेपाली कमाण्डर थीरवम मल्ल सहिद भए । नेपाली कांग्रेसको नेतृत्वमा भएको यस क्रान्तिको फलस्वरूप २००७ साल फाल्गुन ७ गते युगान्तकारी परिवर्तनका साथै नेपालमा प्रजातन्त्रको स्थापना भयो । २००७ सालको क्रान्तिपछि मात्रै नेपालमा राष्ट्रिय भावनाको उदय भएको भन्ने तर्क बीपीको थियो । सामन्तवादले यसलाई सहर्षरूपमा स्वीकार्न दिएनन् । यस समयमा पनि राणा प्रधानमन्त्री मोहन शमशेर नै प्रधानमन्त्री बने तथापि क्रमिक रूपमा राणातन्त्रको ठाउँमा राजतन्त्र पुनस्थापना हुँदै गयो ।
नेपाली जनताले प्रजातन्त्र पाएपनि त्यही अनुरूपको वातावरण नपाएको र आमूल परिवर्तनको पक्षपाती नेपाली कांग्रेस क्रान्तिनायक विपीको नेतृत्वमा फेरी देशव्यापी दोस्रो सत्यग्रह सुरू भयो । यसको प्रमुख उद्देश्य २००७ सालको क्रान्तिबाट प्राप्त उपलब्धिलाई संस्थागत गर्नु थियो । क्रान्तिको पहिलो अगुवाइ गर्ने तरूणहरू नै हुन् भन्ने महसुस् गरेर नेपाली कांग्रेसले २०१० साल कार्तिकमा नेपाल तरूण दलको गठन भयो ।

प्रजातन्त्र झन् खतरामा परेको महसुस गरेर नेपाली कांग्रेसले चुनावको तिथिमिति तोकियोस् भन्ने प्रमुख माग राखे । २०१४ साल मंसिर २२ गतेदेखि तेस्रोपल्ट भद्र अबज्ञा आन्दोलन शृुरू ग¥यो । केही दिनभित्रै राजा महेन्द्रले २०१५ साल फाल्गुन ७ गतेको तिथिबाट आमचुनाव हुनेछ भन्ने घोषणा गर्न बाध्य गरायो । २०१५ साल फागुन ७ गते प्रारम्भ भएको महानिर्वाचनमा नेपाली कांग्रेसले प्रतिनिधि सभाको १०९ सिटमध्ये ७४ सिट ल्याएर प्रथम जननिर्वाचित सरकार गठन गर्ने अवसर पायो । नेपाली जनताको ढुकढुकी क्रान्तिका महानायक, समाजवादी चिन्तनका प्रतिपादक विपीकोइराला प्रधानमन्त्री बने ।
नेपाली जनताको पक्षमा कामगरिरहेका जननिर्वाचित सरकार र संसदीय व्यवस्थालाई अफासिद्व भन्दै तत्कालीन राजा महेन्द्रले २०१७ पौष १ गते कलिलो प्रजातन्त्रमाथि हमला गरे । शासनसत्ता, आफ्नो हातमा लिए । बीपी कोइरालालगायत नेताकार्यकर्ताहरूलाई जेल हालियो । देशमा तानाशाही व्यवस्था लादियो । फेरि एक पल्ट इतिहासले मुलुकमा तानशाही प्रवृmतिद्वारा हरण गरिएको प्रजातन्त्रलाई पुनः पुर्नस्थापना गर्ने कामको ठूलो दायित्व नेपाली कांग्रेसलाई सुम्पियो ।

२०१८/०१९ सालको अवधिमा नेपाली कांग्रेसले इलाम, जनकपुर, भरतपुर, गुल्मी र बझाङसम्म देशभरि सशक्तप्रतिरोध आन्दोलन चलायो । यस क्रममा नेपाली कांग्रेसका अनेकौं नेता र कार्यकर्ताहरूले आफूलाई बलिदान गरे । २०१८ सालमा ‘राष्ट्रिय निर्देशन ऐन’ जस्तै काला कानुनको बिरोध र यसैबेला गठन गरिएको मण्डले विद्यार्थी सङ्गठनको बहिस्कार गर्दै आन्दोलन भयो । २०२४ सालमा बनारसमा जम्मा भएका नेपाली युवा विद्यार्थीहरूले प्रजातान्त्रिक समाजवादी व्यवस्था कायम गराउने उद्देश्यका साथ प्रजातान्त्रिक समाजवादी युवा दल नामक सङ्गठनको स्थापना गरे । पञ्चायती व्यवस्थाको विरूद्वमा सो संगठनले बनारसमा नै रहेर गतिविधि बढाए ।

२०२५ कार्तिक १४ गते आठ वर्षको लामो कारवास सजाय भूक्तानी गरी बीपी कोइरालालगायतका नेताहरू जेलबाट छुटे । उनी काठमाडौं, बिराटनगर, कलकत्ता हुँदै बम्बई गए । राजा पनि बेलायतबाट उपचार गरी बम्बई पुगेका थिए । भेटमा बीपीले राजालाई स्वागत गरे । सामान्य भलाकुसारी भयो । उपचारपछि बम्बईबाट बीपी बिराटनगर पुगें । त्यहाँ भएको ठूलो आम सभामा बीपी ले भने “ राजा र प्रजा मिल्नुपर्छ । म यस्तो ठाउँमा राजालाई उभ्याउन चाहन्छु, जुन ठाउँमा म पनि उभिएको छु । त्यसो हुनाले त्यस्तो व्यवस्था हुनुपर्यो ।” बीपीको यस्तो भनाईप्रति राजा रिसाए । फेरि जेलमा थुनिदेलान भनेर उनी भारत पसे । यसलाई स्पष्ट पार्दै बीपीले भनेका छन्, “ कार्यकर्ताहरुका यस्तो उत्साह छ, आस्था छ भने, अहिले जुन नकारात्मक प्रबृत्ति लिएका छन् राजाले । यस्तो स्थितिमा मैले जेल जानु उचित हुदैन । बरु यस परिस्थितिलाई क्रान्तिकारी बिन्दुमा पुर्याउनु पर्छ भनेर मैले नेपाल छाड्ने निर्णय गरें । हिन्दुस्थान जाने निणर्य मेरो थियो ।”

बीपीले भारत भूमिको बसाईमा सशस्त्र क्रान्तिको आह्वान गरे । डेढ – दुई हजार मानिसको लागि हतियार इन्दिरा गान्धीसँग मागे । “म नेपालमा क्रान्तिका लागि परिपक्व परिस्थिति देख्छु । मलाई एक करोड रुपैंयाँ चाहियो र अलिकति हतियार चाहियो ।” इन्दिरा गान्धीले भनेका थिइन्, “ त्यो कुनै समस्या होइन । तपाईं आफ्नो सङ्गठन बनाउनुस् । म त्यो तपाईंलाई इन्तेजाम गरिदिन्छु ।”
त्यसपछि बीपी ले सोसलिष्ट इन्टरनेशनलका नेताहरुसँग मद्दत मागे । बीपीले इङ्ग्ल्याण्ड, बेल्जियम, डेनमार्क, जर्मनी, स्वीडेनमा नेताहरुसँग कुरा राखे । स्वीडेनले भारतले इच्छा जाहेर गरेमा मात्र सहयोग गर्न सकिने तर भारतले चाहेमा उनिहरुले नै सहयोग गर्न सकिने कुरा बताए । इजरायलका एक उच्च पदस्थका व्यक्तिले पनि स्वीडेनको कुरालाई समर्थन गरे । त्यसपछि बीपी भारत फर्के । हतियारका लागि प्रबन्ध मिलाउन भारतका विभिन्न ठाउँमा लागि परे । उनीसँग पैसा थिएन । त्यसपछि बीपी ले भने, “ मसँग पैसा थिएन अनि हाइज्याकिङ्को विचार आयो ।”

२००७ सालपछि भारतले बीपीलाई लगातार गरेको उपेक्षा, मातृका प्रसाद कोइराला र सूर्यप्रसाद उपाध्ययहरूलाई दिएको ढाडस, बर्माबाट हतियार ल्याई सम्पन्न गरेको क्रान्तिप्रति अन्य नेताहरूको असहयोग, राजा त्रिभूवन र मोहन शमशेरप्रतिको दिव्य पक्षपोषण बीपीको मनमा गड्यो र आँखा मै नाच्न थाल्यो ।

कांग्रेस नेताहरु बालचन्द्र शर्मा, सूर्यप्रसाद उपाध्याय, केदारमान व्यथिति, श्रीभद्र शर्मा पञ्चातमा प्रवेश गरे । मातृका र के. आइ सिंहको पार्टीभित्र बिद्रोह र नेपाली कांग्रेसले २०१७, २०२५ र २०२९ सम्म गरेको सशक्त संघर्ष र राजाको प्रसाशनले चलाएको व्यक्तिहत्या क्षणले बीपीलाई गहिरो चोट पर्न गयो ।

नेपाल राष्ट्रको अस्तित्व रक्षा र कांग्रेसको राजनैतिक रक्षाका लागि स्वदेश फर्कने र राजासँग मेलमिलाप गर्न विकल्प नरहेको बीपीले ठहर गरे । ६ वर्ष विदेश प्रवासपछि २०३३ साल पौष १६ का दिन भारतको पटनाबाट शानेबानी जहाज चढी आफ्ना केही सहयोगी साथ काठमाडौं फर्किए । पौष १४ गतेका दिन बीपीले पत्रकारसँग कुरा गर्दे भनेका थिए – ‘भारतमा रहेर बिस्तारै मर्नु भन्दा आफ्नै देशमा गएर मर्न चाहान्छु ।’ त्यस बखत पनि नेपालमै बीपीकाविरुद्ध सरकारी पक्षबाट प्राणदण्डको मुद्दा अदालतमा विचाराधीन थियो ।

देशमा जातीय विभेद एवम् क्षेत्रीय वितण्डा उठेको थियो । त्यसलाई सामना गर्न पनि राजा शक्ति र प्रजातन्त्रिक शक्तिबीच सहकार्यको आवश्यकता थियो । तसर्थ, बीपी कोइरालाको निधनको ४३ वर्षपछि हेर्दा पनि उनको राष्ट्रियता मेलमिलापको नीतिलाई हृदयगम गर्न सक्छौ ।

लेखक श्रीराम श्रेष्ठ हुन् उनी समसामयिक विषयमा कलम चलाउँछन् ।

प्रतिक्रिया