जन्तरेगढीमा बृहत शैक्षिक अन्तरक्रिया सम्पन्न
नुवाकोट । तारकेश्वर गाउँपालिका वडा नम्बर १ को जन्तरेगढीमा शनिवार बृहत शैक्षिक अन्तरक्रिया तथा असल अभ्यास आदानप्रदानसहितको शिक्षक शिक्षिका भेटघाट कार्यक्रम सम्पन्न भएको छ ।

गाउँपालिकाको शिक्षा तथा युवा विकास शाखाको आयोजना र जन्तरेगढीका स्थानीयहरूको व्यवस्थापनमा सम्पन्न भएको कार्यक्रमलाई सम्बोधन गर्दै गाउँपालिका अध्यक्ष तथा गाउँ शिक्षा समितिका संयोजक शिव अधिकारीले शैक्षिक सुधारको अभियान अन्तर्गत आफूले गाउँपालिकाबाट अघि बढाएका विभिन्न प्रयासहरूको स्मरण गर्दै त्यसैको एउटा प्रयासका रुपमा असल अभ्यास आदानप्रदान तथा शैक्षिक अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको बताए ।
शिक्षाको गुणस्तर विकासका लागि शिक्षकहरूको अन्तरक्रिया सीप र योजनाहरूको आदानप्रदान र विद्यालयहरूमा सञ्चालन भइरहेका शैक्षिक क्रियाकलापहरूको समीक्षा आवश्यक रहेको भन्दै अध्यक्ष अधिकारीले यस्ता कार्यक्रमले शिक्षकहरूको सर्वाङ्गीण विकासमा मद्दत पुर्याउने विश्वास व्यक्त गरे ।

उनले कोरा कागजी अध्ययन भन्दा सांस्कृतिक ऐतिहासिक र प्राकृतिक सम्पदाहरूको प्रत्यक्ष अध्ययन अवलोकनबाट प्राप्त हुने ज्ञान नै शिक्षक र विद्यार्थी दुवैका लागि चिरस्थायी हुने भएकाले विद्यार्थीहरूका लागि पनि वर्षमा एकपटक शैक्षिक अवलोकन भ्रमणको कार्यक्रम सञ्चालन गर्दै आएको र शिक्षकहरूका लागि पनि ऐतिहासिक सम्पदाहरूको अध्ययन अवलोकनको कार्यक्रम लाई प्राथमिकतामा राखिएको जानकारी दिए ।
तारकेश्वरकै शिरको रूपमा रहेको र वाइबा राजाहरूको दरबार समेत रहेको ऐतिहासिक महत्त्वको र पर्यटकीय हिसाबले पनि निकै ठूलो सम्भावना बोकेको जन्तरेगढीमा शिक्षकहरूको बृहत अन्तरक्रिया कार्यक्रम सञ्चालन हुँदा त्यसले शिक्षकहरूको ज्ञान र अध्ययनमा मात्र नभई शिक्षकहरू मार्फत विद्यालयहरूमा हुने शैक्षिक गतिविधिमा र त्यसभन्दामाथि पर्यटकीय क्षेत्रको प्रवद्र्धनमा समेत उल्लेख्य योगदान पुग्ने विश्वास अध्यक्ष अधिकारीले राखेका छन् ।

अध्यक्ष अधिकारीले शिक्षकहरू विद्यार्थीहरूको मात्र नभई सिङ्गो समाजकै मार्गदर्शक भएकाले समाजको चेतना स्तरको अभिवृद्धिमा समेत शिक्षकहरूले महत्त्वपूर्ण भूमिका खेल्ने भएकाले गाउँपालिकाले शिक्षक वर्गलाई सर्वोच्च पुँजीका रुपमा ग्रहण गरेको र शिक्षकहरूको समस्याको समाधानका लागि आफू सधैँ तयार रहेको उल्लेख गरे ।
घरपायक नपरेका कारण कोही शिक्षक समस्यामा रहेको अवस्था भएमा गाउँपालिकाको शिक्षक शाखामा समन्वय गरी सरुवाका लागि निवेदन दिन समेत आग्रह गर्र्दै अध्यक्ष अधिकारीले हाल निर्वाचन आचारसंहिताका कारण सरुवा सम्भव नहुने भएकाले चुनाव लगत्तै मर्कामा परेका शिक्षकहरूको सहुलियतका लागि सरुवाको व्यवस्था गर्न आफू तयार रहेको उल्लेख गरे ।

विगतमा लामो समयसम्म एउटै स्थानमा जमेर रहँदा शिक्षकहरूमा गतिशीलताको कमी आएको विभिन्न अध्ययनको निष्कर्षअनुसार गाउँपालिकाले एकपटकका लागि सबै शिक्षकको सरुवा गर्ने नीति लिएको स्पष्ट पार्दै अध्यक्ष अधिकारीले अब हुने सरुवाहरूमा भने शिक्षकहरूको पायक र सहजतालाई प्राथमिकतामा राखिने विश्वास दिलाए ।
कार्यक्रममा शिक्षा क्षेत्रमा योगदान पुराएको भन्दै विभिन्न व्यक्तिहरुलाई समेत सम्मान गरिएको छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












जन्तरेगढीमा बृहत शैक्षिक अन्तरक्रिया सम्पन्न
आजको मौसम : उच्च हिमाली क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना
पोखराको फेवातालमा कार खस्दा युवकको मृत्यु
ककनीमा एमालेको उत्साह, मैनालीको पक्षमा प्रवेश गरे सयौं नयाँ समर्थक
प्रथम वडास्तरीय मेयर कप फुटवल प्रतियोगिता आजबाट शुरु हुँदै





प्रतिक्रिया