रसुवागढी नाका पुस १० देखि सञ्चालनमा ल्याउने तयारी
विदुर खबर
२०८२ पुष २ गते २२:३३
नुवाकोट । रसुवागढी नाका आगामी पुस १० गतेदेखि संचालनमा ल्याउने तयारी गरिएको छ ।

चिनले बेलिब्रिज निर्माण गरेसँगै रसुवागढी नाका संचालनमा ल्याउने तयारी गरिएको हो । रसुवा भन्सार कार्यालयका प्रमुख तुलसी भट्टराईले नाका पुस १० गतेदेखि सञ्चालन गर्ने तयारी रहेको अनौपचारिक जानकारी चिनियाँ पक्षबाट आएको बताए ।
‘चिनियाँ पक्षले नाका सञ्चालनको मितिबारे हामीलाई औपचारिकरुपमा जानकारी दिएको छैन । तर पुस १० गतेदेखि सञ्चालनमा ल्याउन त्यसअगाडि नै कन्टेनर चालकलाई केरुङ जान दिने कुरा आएको छ,’ भट्टराईले भने।
असार २३ गते ल्हेन्दे खोलामा आएको बाढीले नेपाल र चीनलाई जोड्ने पुल बाढीले बगाएपछि नाका पूर्णरुपमा बन्द भएको थियो । बेलिब्रिज बनाउने काम एक साताअघि नै सम्पन्न भएको थियो ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












तारकेश्वरका शिक्षकहरूकाे पाँच दिने तालिम शुरू
बागमतीमा घट्यो मन्त्रालय, अब ८ कायम
कतार र कोरिया पठाउने भन्दै ठगी गरेको आरोपमा २ जना पक्राउ
शिवपुरीको जंगलमा गाडेको अवस्थामा भेटियो महिलाको शव, एक पुरुष पक्राउ
काठमाडौंका मसाज सेन्टरमा प्रहरीको छापा, २५८ जना नियन्त्रणमा





प्रतिक्रिया