चितवनमा बस दुर्घटना, ३३ जना घाइते
नुवाकोट । शुक्रबार बिहान चितवनमा भएको बस दुर्घटनामा ३३ जना घाइते भएका छन् ।

भरतपुर महानगरपालिका-९ टिकौली जंगलमा इँटा लोड गरेर पार्किङ गरिराखेको ना ६ ख ८१३ नम्बरको ट्रकमा गौरबाट काठमाडौंतर्फ आउँदै गरेको बा. प्र.०३०० ख ०१२३ नम्बरको डल्फिन यात्रुवाहक बस ठोक्किएको हो ।
त्यसपछि सोही बसमा जनकपुरबाट काठमाडौंतर्फ आउँदै गरेको बा .प्र.०३०० ख ३९०२ नम्बरको रुद्राक्ष यात्रुवाहक बससमेत ठोक्किएको सशस्त्र प्रहरी बल नेपालका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिए ।

बस दुर्घटनापछि सडकमा पल्टिएलगत्तै सशस्त्र प्रहरी बल नेपाल नं. १७ गण आँपटारी चितवनबाट गएको सुरक्षाफौजले घाइतेहरूको उद्धार गरी चितवनका विभिन्न अस्पताल पुर्याएको छ । घाइतेहरूमध्ये चितवन मेडिकल कलेजमा १५ जना, नेसनल सिटी अस्पतालमा १३ जना र भरतपुर अस्पतालमा ५ जनाको उपचार भइरहेको छ ।
क्रेनको सहायताले दुर्घटना भएको सवारि साधन हटाएर आज बिहान २:५५ बजेबाट सडक एकतर्फी सञ्चालन गराइएको छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












रसुवामा एम्बुलेन्स दुरुपयोग गरी तस्करी गर्ने चारजना पक्राउ
रसुवागढी नाकाबाट लागुपदार्थसहित एक जना पक्राउ
एसईईका लागि रसुवामा ६ केन्द्र तोकिए
आजको मौसम : चट्याङ्गसहित वर्षाको सम्भावना
पाल्पामा टिपर दुर्घटना: चारको मृत्यु, एक गम्भीर घाइते





प्रतिक्रिया